अकुंश लगाउँदा पनि आयोगले केही नगरेको महासंघको गुनासो
ललितपुर– नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण बनाई दिन राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राज्यले प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको हनन् गर्दैै लगेको उल्लेख गर्दै त्यसको उपभोग गर्ने वातावरण बनाई दिन आयोगसँग आग्रह गरेका हुन् ।
शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले ललितपुरमा आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीय सरकारले नयाँ मुलुकी ऐन र स्थानीय तथा प्रदेश सरकारले कानुन बनाएर प्रेसलाई अकुंश लगाउने काम गरिरहँदा पनि आयोगले केही गर्न नसकेको गुनासो पनि गरे ।
पत्रकारहरुमाथि लेख्न समेत नदिने गरी राज्यले कानुननै निर्माण गर्न थालेपछि आफूहरुलाई न्याय दिन आयोगसँग आग्रह गर्नु परेको अध्यक्ष आचार्यको भनाई छ । यता, राष्ट्रिय मानव अधिकार आयोगले भने प्रेससम्बन्धि छुट्टै संयन्त्र बनाएर पत्रकारहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि अधिकार उपभोगका लागि आवश्यक वातावरण बनाउन लागिएको जनाएको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्माले प्रेसमाथि अंकुश लाग्न नदिने गरी छुट्टै संयन्त्र बनाउने गरी ड्राफ्ट तयार पारिएको उल्लेख गर्दै त्यसमा आवश्यक सुझाव दिन पनि महासंघलगायतका सरोकारवाला निकायसँग आग्रह गरे ।
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथि हनन् हुनेगरी मुलुक ऐन कार्यान्वयनमा ल्याएको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न