बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमईको दशैंमा बिस लाख योजना, नेत्र बहादुरले जिते एक लाख

शुक्रबार, ३० कात्तिक २०७५, १४ : ५७
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं । आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत नेत्र बहादुर मल्लले एक लाख जितेका छन् ।  क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका हुन् ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका  प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल , प्रमुख संचालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेललेको उपस्थिती रहेको थियो । उपहार रकम आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नेत्र बहादुर मल्लको सिफारिस बमोजिम रीता सुनुवारलाई हस्तान्तरण गरे । 

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भइसकेका छन् ।

योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी थिए ।  योजना अवधिमा भएका ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत एक हजारको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई एक लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख नगद प्रदान गरिनेछ ।

आइएमईले ‘लक्की ड्र’ बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा रहेका आफन्तलाई समेत पुरस्कार प्रदान गरेको छ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप