शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुलियान असान्जमाथि अमेरिकामा फेरि अर्को अभियोग दर्ता

शुक्रबार, ३० कात्तिक २०७५, १४ : १६
शुक्रबार, ३० कात्तिक २०७५

वासिङ्टन– अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ । 

विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन् । तर असान्ज विरुद्धको अभियोगको प्रकृतिबारे स्पष्ट हुन सकेको छैन । 

अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेश गरेको पाइयो, विकिलिक्सले ट्वीटरमा लेखेको छ । अमेरिकी सहायक महान्यायाधिवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्ज विरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताए । उनले अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गरेका छन् । 

मुद्दाको संवेदनशीलताका कारण गोपनीयता राख्न जरुरी भएको बताउनुभएकी ड्वाएरले असान्जलाई पक्राउ नगर्दासम्म उक्त खामबन्दी अभियोगलाई खामबन्दीनै राखिने बताए । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप