फस्ट लुकमा यस्तो देखियो रामबाबुको ‘साइँली’
काठमाडौं – वैदेशिक रोजगारीको कथामा निर्माण भएको फिल्म ‘साइँली’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फस्ट लुकको रुपमा फिल्मको पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति १५ चैतलाई घोषणा गरेको छ ।
फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्र गायक हेमन्त रानाको गीत ‘सुन साइँली’को चर्चा पछि गुरुङले ‘साइँली’ बनाएका हुन् । फिल्ममा ‘सुन साइँली’ म्युजिक भिडियोका जोडी मेनुका प्रधान र गौरव पहाडीनै प्रस्तुत भएका छन् । फिल्ममा अभिनेता दयाहाङ राईको पनि मुख्य भूमिका रहे पनि निर्माण युनिटले पोष्टरमा समेटेको छैन ।
जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । निर्देशक गुरुङको कथा रहेको फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्माता हुन् । विजय अवाले, विकास पुजास र सुवेक्षा केसी सहनिर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोख्रेल हुन् ।
फिल्ममा कालिप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डी.कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा