एनएमबि बैंकको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद मुनाफा ५५.०५ करोड
काठमाडौं । एनएमबि बैंकले आ.व. ०७५/७६ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । यस त्रैमासमा बैंकले ५५.०५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
उक्त वित्तीय विवरण अनुसार हाल बैंकको निक्षेप ८५.८३ अर्ब पुगेको छ भने कर्जा ८२.७८ अर्ब पुगेको छ । उपरोक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेपमा १३.८ अर्ब तथा कर्जामा १९.३ अर्ब बृद्धि भएको छ भने यस त्रैमासमा बचत निक्षेपमा २.२४ अर्बले बृद्धि भएको छ ।
एनएमबि बैंकले विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने पहिलो र हालसम्मकै एकमात्र बैंक भएको छ ।
उपरोक्त उपलब्धीहरुबाट बैैंकले प्रति शेयर आम्दानी २६.६४ र प्रति शेयर नेटवर्थ १९९.७५ कायम राख्न सफल भएको छ । हाल एनएमबि बैंकको ११० वटा शाखा, ४ वटा एक्सटेन्सन काउण्टर र ९७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर