शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रस्ताव रिजेक्ट गरिदिएँ – मनिषा

शुक्रबार, ३० कात्तिक २०७५, १२ : २६
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौँ– मोडलिङ र अभिनयमा क्षेत्रमा मनिषा सापकोटाले धेरै वसन्त विताएकी त छैन् । तर पनि उनी यदाकदा चिनिन सफल छिन् । नृत्यमा पोख्त र अभिनयमा इन्ट्रेस्ट भएकी उनलाई यो क्षेत्रमा अगाडि बढ्न सुन्दर अनुहार र आकर्षक जिउडालले साथ दिएको छ । 

काठमाडौँ धुम्बाराहीको स्थायी बासिन्दा उनले केही म्युजिक भिडियो, एक विज्ञापन र एक चलचित्र अभिनय गरेकी छन् । ती सबै सार्वजनिक हुने तरखरमा छन् । केही फेसन सोहरूको समेत अनुभव अँगालेकी उनको एक दिन कलाक्षेत्रको शिखर चुम्ने लक्ष्य रहेको छ । 

स्नातक तहमा अध्ययनरत उनलाई यो क्षेत्रमा लाग्न परिवारको पे्ररणा र सहयोग रहेको छ । एक दिन हिट हिरोइन हुने लक्ष्य लिएकी मनिषासँग रातोपाटीको दश प्रश्न ।

के सोचेर मोडलिङ रोज्नुभयो ?
–सानैदेखि अभिनय र मोडलिङमा रुचि थियो । यसमा करियर बनाउन सके भविष्य उज्ज्वल हुन्छ भन्ने लागेको छ ।

अगाडि बढ्न आफूसँग के छ प्रतिभा ?
– पहिलो कुरो त मेरो अनुहार, शारीरिक बनावटले मोडलिङमा लाग्न साथ दिएको छ । त्यसपछि म डान्समा पनि सिपालु छु । केही प्रतियोगितामा नृत्यमा प्रथम पनि भएकी छु । फेसन सोको पनि अनुभव रहेको छ । अभिनयप्रति क्रेजी पनि छु । 

आफ्नो सौन्दर्यतिर कति ध्यान दिनुहुन्छ ?
– राम्रो हुन कुन केटीलाई मन पर्दैन र ? मलाई पनि राम्रो बनेर हिँड्न मनपर्छ । ग्ल्योक्रिम, फाउन्डेसन, गाजल र लिपस्टिक अनुहारमा नछुट्ने मकअपका साधन हुन् ।  नुहाउनु अगाडि कपालमा भिटामिन तेलसमेत लगाउने बानी छ ।

आफूलाई फिट कसरी राख्नु हुन्छ ?
– खानेकुरामा कन्ट्रोल गर्ने गरेकी छु । जे पायो त्यही र आवश्यकभन्दा बढी खाँदिनँ । नियमित बिहान एक्सरसाइज गर्ने गरेकी छु । 

फेसनतिर रुचि होला नि ?
– धेरै छ । कुन फेसन अहिले बजारमा आयो ? अहिले के चलेको छ ? के पुरानो भयो ? के आउँदैछ ? सबैमा ध्यान दिने गरेकी छु । मलाई धेरै मनपर्ने फेसन भनेको गाउन, वान पिस हो । म राम्रो र सेक्सी भने गाउनमा देखिन्छु । 

मोडलिङको पहिलो आम्दानी ?
–आमाबुबालाई दिएँ । मैले अहिलेसम्म जति कमाएको छु । त्यो सबै आमाबुबालाई नै दिएकी छु ।

मनपर्ने परिकार ?
चिकेनको परिकार सबैभन्दा धेरै मनपर्छ । 

प्रेम त पक्कै होला ?
– छैन, छैन । अहिले म सानी नै छु । अहिले करियर बनाउनेतिर आफूलाई फोकस गर्ने समय हो । यो समयमा ब्वाइफ्रेन्ड बनायो भने आफ्नो ध्यान उतैतिर जान्छ । करियर डामाडोल हुन्छ ।

पहिलो प्रेम प्रस्ताव ?
– ११ कक्षामा पढ्दा सँगै पढ्ने केटाले फेसबुकमा प्रेम प्रस्ताव गरेका थिए । मैले अहिले बेला भएको छैन । भन्दै रिजेक्ट गरिदिएँ । 

रोजेको व्यक्तिसँग डेट जाने अवसर मिल्यो भने ?
–अभिनेता प्रदीप खड्कासँग जान चाहन्छु । उहाँ राम्रो लाग्छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप