मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा एक नेपाली मजदुरको मृत्यु

शुक्रबार, ३० कात्तिक २०७५, १२ : ०५
शुक्रबार, ३० कात्तिक २०७५

दार्चुला– मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । 

तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ । 

धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताए । 

घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकमग्न भएका छन् । धामीका ८ र ४ वर्षीय दुई छोरा र तीन वर्षीय छोरी छन् । 

छोरी जन्मेपछि विदेशमा धन कमाउने अभिलाषा लिएर गएका धामीको मृत्युको खबरपछि पुरै गाउँ शोकमा डुबेको स्थानीय लोकेन्द्रसिंह धामीले बताए । 

मृतकको शव नेपाल ल्याउनको लागि पहल शुरु गरिएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप