शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तिर्थाटनबारे प्रचण्डको स्पष्टोक्ति : जहाँ जनता, त्यहाँ प्रचण्ड

शुक्रबार, ३० कात्तिक २०७५, १० : ४६
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले कामको गति बढाएको बताएका छन् । केपी ओली नेतृत्वको सरकारको कामलाई लिएर जनतस्तर, विपक्षी र सत्तारुढ नेकपाभित्रैसमेत आलोचना भैरहेको बेला प्रचण्डले सरकारको बचाउ गर्दै कामको गति बढेको बताए । 

‘बर्खामा गाडी एक गियर लगाएर नै हिडाउँनुपर्छ । अब अहिले दोस्रो गियरमा गयो । त्यसपछि तेस्रो गियरमा लग्नुपर्छ । गति त लिनुनै पर्छ । यहाँ अर्को कुनै विकल्प छैन । सरकारले राम्रो परिणाम देखाउने गरी काम गर्नैपर्छ । हामी त्यसको गम्भीर समिक्षामा पनि छौँ ।’ 

रातोपाटीलाई दिएको अन्तर्वार्तामा प्रचण्डले भने, ‘सरकार पनि त्यसमा प्रयत्नशील छ । मलाई लाग्छ स्थायी समिति र केन्द्रीय समितिको बैठक पछि नयाँ स्प्रीटको साथ नयाँ गतिको साथ सरकार पनि पार्टी पनि अगाडि बढ्छ ।’ केही दिन अगाडि भैरहवा पुगेर प्रचण्डले सरकार अब चार गियरमा दौडिने बताएका थिए । 

बेला–बेला मन्त्री हेरफेरको प्रसङ्ग उठेपनि प्रचण्डले यो च्याप्टर क्लोज भएको बताए । ‘ प्रधानमन्त्रीले नै सबै मन्त्रीसँग कुरा गर्नुभएछ । त्यसपछि अब सबै ठीक छ भन्नुभयो । प्रधानमन्त्रीलाई नै ठीक लागेपछि त म खुसी भैहाले नि !,’ प्रचण्डले भने ।  


पार्टी एकता : नो प्रब्लम

पूर्वनिर्धारित कार्यतालिका अनुसार नेकपाको संगठनात्मक एकता नटुंगिए पनि प्रचण्डले नेकपाभित्र कुनै जटिलता नभएको दावी गरेका छन् । ‘बाहिर भनेजस्तो नेकपा भित्र कुनै जटिलता छैन । समाधान हुने ठाउँमा नै छ,’ प्रचण्डले भने, ‘अहिले हामी समीक्षाको प्रक्रियामा छौँ । एकचोटि समीक्षा टुंगाएपछि अहिले उठेका हरेक प्रश्नको जवाफ पाउनुहुन्छ र देख्नुहुन्छ पनि ।’ 

गत जेठ ३ मा पार्टी एकता हुँदा नेकपाले तीन महिनाभित्र संगठनात्मक एकता टुंगाउने बताएपनि ६ महिना बितिसक्दा पनि एकताले पूर्णता पाएको छैन । एकीकरण सम्पन्न नहुनुमा अध्यक्ष प्रचण्डले प्राविधिक कारणले ढिलाई भएको बताए । 

गत जेठ ३ मा पार्टी एकता हुँदा नेकपाले तीन महिनाभित्र संगठनात्मक एकता टुंगाउने बताएपनि ६ महिना बितिसक्दा पनि एकताले पूर्णता पाएको छैन । एकीकरण सम्पन्न नहुनुमा अध्यक्ष प्रचण्डले प्राविधिक कारणले ढिलाई भएको बताए । 

‘पार्टी एकता हुँदा ३ महिनाभित्रमा तल्लो तहसम्म एकता टुंगाईसक्ने भनिएको थियो । अहिले ६ महिना पुग्दा पनि नटुङ्गिनु पक्कै पनि राम्रो होइन । तर, यो नेतृत्व तहमा विवाद भएको कारणले होइन,’ प्रचण्डको भनाई छ, ‘कतिपय प्राविधिक कारणले ढिला भएको छ । जस्तो कि कहिले एउटा अध्यक्ष विदेश भ्रमण कहिले अर्को अध्यक्ष विदेश भ्रमण जानुपर्ने भएकाले ढिला भएको हो । अर्को कुरा कार्यदललाई गृहकार्य गराएर गर्छौँ भन्दा पनि ढिला भयो । तर, अब हामी अन्तिम चरणमा आएका छौँ । मलाई लाग्छ केहि दिनभित्रमा यो टुङ्गििनेवाला छ ।’ 

अध्यक्ष प्रचण्डले पटक–पटक स्थगित भएको नेकपाको स्याथी कमिटीको बैठक चाँडै बस्न थालेको र त्यहाँबाट केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगाइने बताएका छन् । 

‘पछिल्लो समय सचिवालय बैठकको मिति तोकेका थियौँ । तर प्रधानमन्त्रीको स्वास्थ्यमा अलि समस्या देखियपछि रोक्न परेको हो । अहिले सवै केन्द्रीय सदस्यको कार्यविभाजनको गृहकार्य भैसकेको छ । त्यो प्रस्ताव आउँदै छ,’ प्रचण्डको भनाई छ, ‘अब हामी सचिवालय र स्थायी कमिटीको बैठक सँगसँगै जस्तो बस्दैछौँ । सचिवालय र स्थायी कमिटीको बैठक पछि केन्द्रीय समितिकै बैठक बसेर सवै केन्द्रीय सदस्यलाई काम दिदैछाँै । त्यो वातावरण हामी बनाउँदै छौँ ।’

स्पष्टोक्ति

प्रचण्डले म्याग्दीको तातोपानीमा गएर नुहाएपछि भएको बहसवारे पनि आफ्नो मत राखेका छन् । 

‘म आफ्नो दर्शन सिद्धान्त या जे आत्मसाथ गरेर यहाँसम्म आए त्यसबाट दायाँबायाँ छैन । तर, हामी शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा छाँै । जनताको भावनालाई सम्मान गर्नु, जनताको विश्वासलाई सम्मान गर्नु हाम्रो कर्तव्य हुन्छ । त्यसैले म विभिन्न मन्दिरमा जाने या धार्मिकस्थलमा जाने भनेको जनतासँग मेरो भावना जोडिएको छ । तपाईंको विश्वास प्रति मेरो सम्मान छ भन्नलाई जाने हो । अब मैलेनै कति गरेको छु भनेर धेरै भन्न परेन,’ प्रचण्डको भनाई छ, ‘जहाँसम्म म्याग्दीको तातोपानीमा गएको कुरा छ, त्यो धार्मिक होइन । त्यो प्राकृतिक वा स्वास्थ्यसँग सम्बन्धित छ । त्यो एउटा स्वास्थ्य पर्यटनको विकासका निम्ति महत्वपूर्ण ठाउँ छ भन्ने मैले महशुस गरेँ । र, यस्ता कुराको जसरी चर्चा हुने गर्छ अलि बढी भयो जस्तो पनि लाग्छ । राम्रा पनि भए, नराम्रा पनि भए ।’ 

अहिले एक थरी मान्छेको पेशा नै मेरो आलोचना गर्ने छ । जनभावनाको कदर गर्नलाई मन्दिर गएको विषयलाई पनि नकरात्मक रुपमा हेर्छन् । प्रचण्ड मन्दिर गए भन्छन् । मैले टिको लगाए भने लौ टिका लगायो भन्छन् । टिका लगाएन भने टिका नै लगाएन भन्छन्,’ प्रचण्डले विगतको स्मरण गर्दै भने, ‘युद्धको बेलामा केही पनि मान्दैन । जनतासँग मतलब पनि छैन भन्या जस्तो बनाइदिए । त्यही लेखे । जनतासँग मतलब छैन भने । ती भन्नेको त केही हिसाव किताव नै छैन ।’

कार्तिक २६ गते प्रचण्ड पत्नी सीतालाई लिएर तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन म्याग्दी गएका थिए । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित प्रचण्ड पत्नी सीताको तीन दिनसम्म प्राकृतिक उपचार गरिएको थियो ।  

गलेश्वर मन्दिर गएको विषयमा सामाजिक सञ्जालमा भएको आलोचनापछि प्रचण्डले जनताको धार्मिक आस्थाको सम्मान गर्दै आफू त्यहाँ पुगेको बताएका छन् । ‘जनताको धार्मिक विश्वासलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो । जहाँ जनता छन् हामी त्यही छाँै । जनतासँगै बसेर तर्क–विर्तक गरेर के ठीक के बेठीक भन्न सक्छाँै । जनभावनालाई वेवास्ता हामी गर्न सक्दैनौँ,’ प्रचण्डको भनाई छ ।

कार्तिक २७ गते प्रचण्ड म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय पुगेका थिए । सो क्रममा प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गरेका थिए । 

आलोचना मात्रै ?

प्रचण्डले कतिपय मानिसहरुले आफ्नो आलोचना मात्रै गर्ने गरेको गुनासो पनि सुनाए । ‘अहिले एक थरी मान्छेको पेशा नै मेरो आलोचना गर्ने छ । जनभावनाको कदर गर्नलाई मन्दिर गएको विषयलाई पनि नकरात्मक रुपमा हेर्छन् । प्रचण्ड मन्दिर गए भन्छन् । मैले टिको लगाए भने लौ टिका लगायो भन्छन् । टिका लगाएन भने टिका नै लगाएन भन्छन्,’ प्रचण्डले विगतको स्मरण गर्दै भने, ‘युद्धको बेलामा केही पनि मान्दैन । जनतासँग मतलब पनि छैन भन्या जस्तो बनाइदिए । त्यही लेखे । जनतासँग मतलब छैन भने । ती भन्नेको त केही हिसाव किताव नै छैन ।’

प्रचण्डले जनयुद्धकालमै पनि आफूले जनभावनाको कदर गर्दे टिका र माला लगाउने गरेको पनि बताएका छन् । ‘हामी कम्युनिष्ट जहिले पनि जनताको धार्मिक विश्वासलाई सम्मान गर्ने गर्छौँ । यसलाई कदर गर्ने गर्छौँ । जनताहरु जहाँ हुनुहुन्छ, त्यहाँ हामी जाने भन्ने नै हो हिजो पनि । हिजो म जनयुद्धमा हुँदा गर्दैनथे वा मान्दिनथे भन्ने पनि होइन ।’ प्रचण्डले भने, ‘जनसमुदायको बीचमा हुँदा उहाँहरुले जे जे गर्नु हुन्थ्यो मैले त्यतिवेला पनि गर्थे । त्यतिवेला पनि माला लगाउँथे । त्यतिबेला पनि टिका लगाउँथे । सबै गर्थे जनयुद्धमा पनि ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप