शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली योद्धाः जसले दुईवटै विश्वयुद्ध लडे

शुक्रबार, ३० कात्तिक २०७५, १० : २७
शुक्रबार, ३० कात्तिक २०७५

बीबीसी– पहिलो विश्वयुद्ध समाप्त भएको एक सय वर्ष पूरा भएको छ, तर त्यतिबेला लडार्इमा ज्यान गुमाएका नेपालीका छोराछोरीको सम्झना नगरिएको भन्दै परिवारजनले दुःख व्यक्त गरेका छन् ।

पहिलो विश्वयुद्ध समाप्त भएको एक सय वर्ष पूरा भएको अवसरमा ब्रिटेन, फ्रान्स, अस्ट्रेलिया, न्यूजिल्यान्ड लगायतका देशहरूमा भव्य र भावुक कार्यक्रमहरू भएका थिए।

पहिलो विश्वयुद्धमा ब्रिटेनको पक्षबाट लड्ने क्रममा हजारौँ नेपालीहरूले युद्ध मैदानमा ज्यान गुमाएका थिए ।

आफ्ना सहकर्मीसँग सन् १९३९ मा मनिराज गुरुङ  

तर पहिलो विश्वयुद्धको शतवार्षिकीको बेला उक्त युद्धमा नेपालीहरूको योगदानको सम्झना नगरिएको भनेर सामाजिक सञ्जालहरूमा आलोचना भइरहेका छन् ।

मनिराज गुरुङ त्यही विश्वयुद्धमा लडेका एक योद्धा हुन् जसले प्रथम र द्वितीय विश्वयुद्ध दुवैमा लडेका थिए । 


 सहकर्मीहरूसँग मनिराज गुरुङ (बीचमा)
 
भारतीय सेनाका पूर्वसुबेदार मेजर कृष्णबहादुर गुरुङले अहिले ब्रिटिश गोर्खाबाट पहिलो र दोस्रो विश्वयुद्ध लडेका आफ्ना बुवा सुबेदार मेजर मनिराज गुरुङको सम्झना गरिरहेका छन् ।

उनका अनुसार उनका बुवा सम्भवतः सन् १९१०/१९११ तिर ब्रिटिश सेनामा भर्ती भएका थिए ।

आफ्ना बुवाले सुनाएको संस्मरणबारे ८६ वर्षीय गुरुङले भने, ‘पहिलो विश्वयुद्धका बेला उहाँ सुएज कनाल क्षेत्रमा खटिनु भएको थियो । त्यहाँको लडार्इमा थुप्रै नेपालीले ज्यान गुमाएका थिए।’

अहिले प्रथम विश्वयुद्ध समाप्तीको सम्झना भइरहँदा ब्रिटेन सरकारले लडार्इमा ज्यान गुमाएका गोर्खा सैनिक र उनीहरूका परिवारजनलाई बेवास्ता गरेको भन्दै उनले दुखेसो पोखेका छन् ।

उनले भने,‘मेरा तीन जना (काका) बुवाहरूमध्ये दुईजना लडार्इमै बित्नुभयो। मेरो बुवामात्रै अधिकृत भएर फर्किनु भयो । यस्तो बेला सैनिकका छोराछोरीलाई नसम्झिएकोमा मन दुख्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप