बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हिटलर र एक यहुदी बालिकाबीच दोस्तीको कथा, यसअघि कसैले पनि नदेखेको तस्बिर

शुक्रबार, ३० कात्तिक २०७५, १० : २४
शुक्रबार, ३० कात्तिक २०७५

बीबीसी

एक बालिकालाई अँगालो हालिरहेका यी व्यक्तिको तस्बिर निकै सुन्दर छ ।

तर सन् १९३३ मा लिइएको यो तस्बिरको कहानी भिन्न छ । तस्बिरमा जो व्यक्ति देखिएका छन् तीमध्ये एक जर्मन नेता र ६० लाख यहुदीका हत्याको जिम्मेवार एडोल्फ हिटलर र अर्की यहूदी मूलकी एक बालिका रोजा बर्नाइल निनाओको हुन् ।

वरिष्ठ नाजी अधिकारीको हस्तक्षेपसम्म हिटलर र यी बालिकाबीचको दोस्ती निकै सुन्दर थियो तर पछि यसको अन्त्य भयो ।

मेरिल्याण्डस्थित एलेक्जेन्डर हिस्टोरिकल अक्सन एजेन्सी अनुसार हेनरिक हाफम्यानले यो तस्बिर खिचेका थिए । यो तस्बिर गत मंगलबार अमेरिकामा ११ हजार पाँच सय २० डलरमा लिलामी भयो ।

लिलामी गर्ने बिल प्यानागोपुलसले बेलायती समाचार पत्र डेली मेलसँग भने, ‘यो हस्ताक्षरित तस्बिरलाई यसअघि कसैले पनि देखेका थिएनन् ।’

तस्बिर हेर्दा हिटलर र बालिकाबीचको सम्बन्ध प्रेमपूर्ण र वास्तविक लाग्छ, यही नै यो तस्बिरको विशेषता हो । बिल भन्छन्, ‘हिटलर धेरैजसो बालबालिकासँग प्रचारको उद्देश्य लिएर फोटो खिचाउने गर्दथे ।’

हिटलरको प्रेमः

अप्रिल २० मा आफ्नो जन्मदिनमा हिटलरको यी बालिकासँग भेट भयो ।

अक्शन वेबसाइटका अनुसार रोजा र उनकी आमा क्यारोलिन सन् १९३३ मा बालिकाको जन्मदिनमा आल्प्सस्थित हिटलर निवास ‘बर्गोफ’ बाहिर जुटेको भीडमा समावेश थिए ।

जब हिटलरलाई त्यसदिन रोजाको पनि जन्मदिन भएको थाहा भयो तब हिटलरले रोजा र उनकी आमा क्यारोलिनलाई आफ्नो घरमा आमन्त्रित गरे जहाँ यो तस्बिर खिचिएको थियो ।

केही समयपछि थाहा भयो कि क्यारोलिनकी आमा यहूदी थिइन् ।

तर यसले हिटलर र रोजाको दोस्तीमा कुनै फरक पारेन । हिटलरले नै आफ्नो हस्ताक्षरित तस्बिर रोजालाई पठाएका थिए ।

उनले लेखेका थिए, ‘प्रिय र रोजा निनाओ, एडोल्फ हिटलर, म्यूनिख, १६ जून, १९३३ ।’

यस्तो लाग्छ कि रोजाले पछि तस्बिरमा आफ्नो स्ट्याम्प लगाइन्, कालो र सेतो रङको फूल बनाइन् ।

सन् १९३५ र १९३८ बीच रोजाले हिटलर र उनका नजिकका विलहेम ब्रक्नरलाई कम्तीमा पनि १७ पटक चिट्ठी लेखिन् । त्यसपछि हिटलरका नीजि सचिव मार्टिन बार्मनले रोजा र उनकी आमालाई हिटलरसँग कुनै पनि सम्बन्ध नराख्न आदेश दिए ।

फोटोग्राफर हाफम्यानलाई लाग्छ कि यो आदेशले हिटलर खुसी थिएनन् ।

आफ्नो किताब ‘हिटलर माय फ्रेन्ड’ मा हाफम्यानले लेखेका छन्, ‘हिटलरले मलाई भनेका थिए, ‘केही यस्ता मानिसहरु छन् जसको वास्तविक उद्देश्य मेरो सबै खुसी बर्बाद गर्नु हो ।’’

दुःखद अन्त्यः

हाफम्यानले सन् १९५५ मा छापेको उक्त किताबमा दुबैको अर्को तस्बिर पनि समावेश गरेका छन् जसको क्याप्सन छ, ‘हिटलरको प्रेमः उनी उसलाई बर्गोफ (हिटलरको आवास) मा देख्न चाहन्थे तर कसैलाई थाहा भयो कि उनी आर्य वंशकी होइनन् ।’

हिटलरको नीजि सचिवको तर्फबाट रोजा र हिटलरको सम्पर्क बन्द गराएको अर्को वर्ष दोस्रो विश्वयुद्ध सुरु भयो ।

६ वर्षपछि जब युद्ध अन्त्य भयो तब ६० लाख यहूदीको मृत्यु भइसकेको थियो ।

युद्धकै क्रममा रोजाको पनि मृत्यु भयो । हिटलरसँग पहिलो भेट भएको एक दशकपछि सन् १९४३ मा म्यूनिखको एक अस्पतालमा १७ वर्षको उमेरमा पोलियोले रोजाको ज्यान लियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप