शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धर्नामा बसेका निर्मलाका आमाबुबाको स्वास्थ्य नाजुक बन्दै

शुक्रबार, ३० कात्तिक २०७५, ०९ : ५८
शुक्रबार, ३० कात्तिक २०७५

कञ्चनपुर– बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । 

पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।

कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ । 

उपचारका लागि पुगेका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिग्रँदै गएको बताए । निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तको समेत रक्तचाप बढेको पाइएको छ । 

यसैबीच प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पन्त परिवारको अवस्थाबारे जानकारी लिएका छन् । 

यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दासम्म र न्याय नपाउँदासम्म धर्ना जारी रहने बताए । 

साथीको घरमा गएकी निर्मलाको साउन ११ गते उखु बारीमा शव फेला परेको थियो । हत्या भएको तीन महिनाभन्दा बढी समय बिते पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप