विवाह पछि यहाँ बस्नेछन् दीपिका रणबीर, दुलही झैं सजाइयो घर
रणबीर सिंह र दीपिका पादुकोण श्रीमान्–श्रीमती भएका छन् । दुबैले इटलीको लेक कोमोमा विवाह गरे । बिहिबारको विवाह पछि दुबैले आफ्नो शाही विवाहको दुई तस्बिर सोसल मिडियामा सेयर गरे । इन्टरनेटमा सार्वजनिक भएसँगै फोटाले निकै धमाका पिटेको छ ।
इटालीमा विवाह पछि मुम्बई स्थित रणबीर दीपिकाको बंगलालाई दुलही झैं सजाइएको छ ।
दीपिका पादुकोणको घरलाई बत्तीले पूरै सजाइएको छ भने रणबीर सिंहको घर पनि नयाँ दुलहीको स्वागतका लागि पूर्ण तयार छ । बंगलाभरी रंगीबिरंगी बत्ती राखिएका छन् ।
खबरका अनुसार रणबीर जुन बिल्डिङमा बस्दथे त्यसको पूरा फ्लोर खरिद गरेका छन् । भारतीय संचार माध्यमको दाबी अनुसार उक्त फ्लोरको इन्टेरियर पनि परिवर्तन गरिएको घ भने उनीहरु चाँडै नै त्यहाँ सिफ्ट हुनेछन् ।
फोटो सेयर हुने बित्तिकै जोडीलाई सुखमय दाम्पत्य जीवनको कामना गर्दै बधाईको ओइरो लागेको छ । दीपिकाको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको तस्बिरले एक घण्टामा तीस लाख बढी लाइक पाएको थियो । यस्तै रणबीरको अकाउन्टमा सेयर गरेको तस्बिरले पाँच लाख लाइक पाएको थियो । दुबैले यी तस्बिर ट्वीटरमा पनि सेयर गरे । दीपिकाको अकाउन्टमा एक घण्टाभित्र एक लाख बढी मानिसले यसलाई मन पराए भने १८ हजारले रिट्वीट र पाँच हजार बढीले कमेन्ट गरे ।
यस्तै, रणबीरको ट्वीटर अकाउन्टमा राखिएका फोटोले ७८ हजार लाइक, १४ हजार रिट्वीट र चार हजार कमेन्ट आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ