शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शुक्रबार, ३० कात्तिक २०७५, ०६ : १०
शुक्रबार, ३० कात्तिक २०७५

आजको राशिफल

वि.सं.२०७५ साल कार्तिक ३० गते । शुक्रबार । ईश्वी सन् २०१८ नोभेम्बर १६ तारिख । नेपाल सम्बत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि अष्टमी ०२ घडी ०० पला,बिहान ०७ बजेर १४ मिनेट उप्रान्त नवमी । नक्षत्र धनिष्ठा,१० घडी ०९ पला,बिहान १० बजेर ३० मिनेट उप्रान्त शतभिषा । योग ध्रुव,२९ घडि १४ पला,बेलुकी ०६ बजेर ०८ मिनेट उप्रान्त व्याघात । करण वव,बिहान ०७ बजेर १४ मिनेट उप्रान्त वावल,बेलुकी ०८ बजेर १४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा धाता योग । चन्द्रराशि कुम्भ । पञ्चक। कार्तिक मसान्त।

 

काठमाडौंमा सूर्योदय ०६ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २६ घडी ४८ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउँने आम्दानिले उत्साह जगाउँनेछ भने नयाँ व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हात लागि हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा बिषेश रुचि बढ्नेछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढार्ई लेखाईमा ध्यान केन्द्रित हुनेछ भने मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ  । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ । 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनितिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । 

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेम तथा पति पत्निबिच केहि विषयमा मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धन माल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा लगानि गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरुबिच मन मिल्ने हुँदा नया उद्योगमा लगानि गर्ने अवसर जुर्नेछ । पढाई लेखाईमा मन जाने हुनालेउत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसि हुँनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनुको साथै जीवन साथिको साथ रहने हुनालेकाम गर्न उर्जा थपिनेछ । भौतिक तथा बिलाशि बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । 

 

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई हराउँदै नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने तपाईको खैरो खन्नेहरु  आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपाई आफ्नै पक्षमा आउँने हुनालेखुसिले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाईमा शुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट आउने आम्दानिले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाईने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ । 

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) घर जग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन ब्याबसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुँन सक्छ सजक रहनुहोला । बाहिरि बाताबरण सँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउँन सक्छ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापारमा प्रशस्त आम्दानि हुँने हुनालेदैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनालेआर्थिक व्याबस्थापन सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । व्यापार व्यावासाय खस्केर जानेछ भने बिदेशी सामानको व्यापार बढेर जाने योग रहेकोछ । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुँने योग रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँने तथा बिदेशमा  हुँनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप