ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै मन्त्रीद्वारा राजीनामा
लण्डन । ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।
युरोपेली युनियनबाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले आफ्नै सरकारले बनाएको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिएका हुन् ।
उनले मस्यौदालाई आफूले समर्थन गर्न नसक्ने बताउँदै पदबाट राजीनामा दिएको बताएको समाचारमा जनाइएको छ ।
यसअघिका डेभिड डेभिसले राजीनामा दिएपछि राब केही महिना अगाडि ब्रेक्जिट मामिला मन्त्रीमा नियुक्त भएका थिए ।
उनीसहित अन्य कैयौँ मन्त्रीले पनि त्यो मस्यौदाप्रति असहमति जनाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउने वरिष्ठ मन्त्रीमध्ये उनी एक हुन् ।
यसअघि यही सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै शैलेश वाराले उत्तरी आयरल्याण्डको राज्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
सम्झौताले बेलायतलाई आधा बाटोमा छोड्ने र सार्वभौम राष्ट्र बन्नबाट रोक्ने वाराको बुझाई छ ।
राब र वाराको राजीनामासँगै मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि राजीनामा दिने दबाव परेकाले मन्त्रिपरिषद् नै अप्ठ्यारोमा पुगेको छ ।
तर प्रधानमन्त्री थेरेसा मेले भने ब्रेक्जिट सम्झौताको मस्यौदालाई आफ्नो मन्त्रिपरिषद्ले समर्थन गरेको र राष्ट्रको हितमा रहेको दाबी गरेका छन् ।
लामो समयदेखिको पटकपटकका छलफलपछि युरोपेली सङ्घबाट बेलायत बाहिरिनेसम्बन्धी सम्झौताको मस्यौदा बेलायतको मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो ।
महिनौँदेखि अन्योलमा रहेको सम्झौताबारे बेलायतको मन्त्रिपरिषद्ले पारित गरेको ब्रेक्जिट सम्झौतासम्बन्धी मस्यौदालाई अन्तिमरूप दिन अब २७ सदस्य रहेको ईयूका नेताहरूको शिखर बैठक बोलाइने छ ।
यही महिना हुने अनुमान गरिएको उक्त शिखर बैठकले यो सम्झौता अनुमोदन गर्नुपर्नेछ । त्यसपछि पनि सो सम्झौतालाई बेलायतको संसद तथा युरोपेली संसदबाट पारित गर्नुपर्नेछ ।
यी प्रक्रियाहरू पूरा गरेपछि सन् २०१९ को मार्च महिनामा बेलायत औपचारिकरूपमा यरोपेली सङ्घबाट बाहिरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता