मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

बिहीबार, २९ कात्तिक २०७५, २१ : १०
बिहीबार, २९ कात्तिक २०७५

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । 

उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । 

उनले भ्रमणका बेला मलेसियाका समकक्षी महाथिर मोहम्मदलाई भेट्ने मन्त्रालयद्वारा विहिबार जारी वक्तव्यमा उल्लेख छ । 

प्रधानमन्त्री भएपछिको उनको यो पहिलो मलेसिया भ्रमण हो । भ्रमणका क्रममा उनले देशका अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् । 

‘प्रधानमन्त्री खानको भ्रमण दुई पक्षीय हित र सहकार्यका विषयमा केन्द्रित हुनेछ, नयाँ सम्भावनाहरूका विषयमा पनि उहाँहरूले छलफल गर्नुहुनेछ,’ मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप