शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुनः हुनथाल्यो चर्चा, के साँच्चै नै बन्द हुनेछ कपिल शर्माको कार्यक्रम

सोमबार, ०९ साउन २०७४, १३ : २४
सोमबार, ०९ साउन २०७४

कपिल शर्माको कार्यक्रमको विषयमा धेरै अघिदेखि चर्चा थियो कि यो चाँडै नै बन्द हुनेछ । र केही दिन अघिको रिपोर्टलाई मान्ने हो भने यो कुरा गर्नुको केही ठोस् कारण पनि छ ।

सोनी च्यानल अहिले कपिल शर्माको कन्ट्र्याक्ट रिन्यू गर्ने मूडमा छैन । वास्तवमा, च्यानलसँग कपिलको कार्यक्रमको कन्ट्र्याक्ट अप्रिलमा दोस्रो पटक साइन हुनुथियो । स्पटबोइको एक खबर अनुसार लगभग तीन महिना बितिसक्दा पनि कपिल शर्मा र च्यानलबिच कुनै नयाँ सम्झौतामा हस्ताक्षर भएको छैन । यसको कारण एकतर्फ कार्यक्रमको टीआरपी बताइएको छ भने अर्कोतर्फ कपिल शर्माको बिग्रदों स्वास्थ्यलाई पनि यसको कारण बताइएको छ ।

स्मरण रहोस्, पछिल्लो केही समयमा कपिल तीनपटक सेटमा बेहोस भइसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप