शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्धिका लागि तीन तहबीच सहकार्य आवश्यक छः मन्त्री बस्नेत

बिहीबार, २९ कात्तिक २०७५, २० : ३५
बिहीबार, २९ कात्तिक २०७५

सुर्खेत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिका लागि तीन तहकै सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशको समृद्धिका लागि तीन तहको सरकारका बीचमा सहकार्य अपरिहार्य भएकोमा जोड दिएका हुन् । 

‘स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीचको सहकार्यबाट मात्रै देशको समृद्धि र विकास हुन्छ’, मन्त्री बस्नेतले भने, ‘यसका लागि सङ्घीय सरकारले आवश्यक पहलकदमी लिन्छ ।’
 
मन्त्री बस्नेतले कर्णाली प्रदेशको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्ने औँल्याए । कर्णालीको समृद्धि र विकासका लागि जलविद्युत् तथा पर्यटन महत्वपूर्ण आधार रहेको उनको भनाइ छ । 

तत्कालका लागि आन्तरिक स्रोत नभएकाले कर्णालीको समृद्धि र विकासमा सङ्घीय सरकारले सघाउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप