शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३३ किलो सुन तस्करी प्रकरणः अग्रवाल र सिलवाल धरौटीमा छुटे

बिहीबार, २९ कात्तिक २०७५, २० : ०२
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं । उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका दुई जनालाई छाड्न आदेश दिएको छ । 

जिल्ला अदालत मोरङको आदेश बदर गर्दै उच्च अदालतले बिहीबार भएको सुनुवाईपछि सञ्जय खेतान भनिने प्रभात अग्रवाल र मदन सिलवाललाई धरौटीमा छाड्ने आदेश दिएको हो । 

तस्करीको सुनको लगानीकर्ता भनिएका अग्रवाल र सिलवाललाई उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको संयुक्त इजलासले जनही ५–५ लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालतले जनाएको छ । 

जिल्ला अदालत मोरङले गत भदौ १३ गते अग्रवाललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।  जिल्लाको आदेश बदरको मागसहित अग्रवालले उच्च अदालतमा निवेदन दिएका थिए । 

त्यस्तै जिल्ला अदालत मोरङले गत असार २४ गते मदन सिलवाललाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । जिल्लाको आदेश बदरको मागसहित सिलवालले पनि उच्च अदालतमा निवेदन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप