शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिके राउतलाई विशेष सुरक्षाका साथ सर्वोच्च अदालतमा उपस्थित गराइयो

बिहीबार, २९ कात्तिक २०७५, १९ : ४२
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं–  सिके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । राज्यद्रोहको मुद्दामा रौतहतबाट पक्राउ परेका राउतलाई विशेष सुरक्षाको साथ अदालतमा उपस्थित गराइएको थियो । 

विखण्डनकारी गतिविधि गरिरहेको आरोपमा पक्राउ परेका राउतविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि सर्वोच्चले ५ दिनभित्रै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । 

बिहीबार उक्त मुद्दामा बहस भएपनि फैसला शुक्रबार मात्रै आउने स्रोतले जनाएको छ । राउतलाई रौतहटबाट कात्तिक २१ गते प्रहरीले पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप