शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने बढे

बिहीबार, २९ कात्तिक २०७५, १७ : ४२
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौँ ।  उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । 

अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीनवर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको सङ्ख्यामा १५.३ प्रतिशतले वृद्धि भएको जनाएको हो । 

‘लगातार तीन वर्षदेखि अमेरिका अध्ययनार्थ जाने नेपाली विद्यार्थी बढेका छन् जुन अहिले १३ हजार २७० पुगेको छ । अमेरिका विद्यार्थी पठाउने पच्चीस देशमा रहेको नेपाल अहिले १० औँ स्थानमा उक्लिएको छ’, प्रतिवेदनमा भनिएको छ । 

प्रतिवेदनअनुसार अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या १० लाख नाघेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप