शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिभी किन्न घुस माग्ने डिएसपी राईलाई छाड्न आदेश

बिहीबार, २९ कात्तिक २०७५, १७ : १२
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं– विशेष अदालतले डिएसपी श्यामकुमार राईलाई छाड्न आदेश दिएको छ ।  एक महिनाअघि बालुवा व्यापारीसँग १ लाख ४० हजार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका डिएसपी राईलाई घुस बराबरको धरौटी रकम लिएर छाड्ने आदेश दिएको हो ।

महानगरीय प्रहरी बृत्त बौद्दका तत्कालीन प्रमुख रहेका राईलाई बालुवा व्यापारीसँग घुस लिँदालिँदै अख्तियारले रंगेहात पक्राउ गरेको थियो । 

न्यायाधीशहरु द्वारिकामान जोशी, रतन्बहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले डिएसपी राइलाई छाड्ने आदेश दिएको हो ।  डिएसपी राईले टिभी खरिद गर्नका लागि रकम मागेको समेत आरोप लागेको छ । उनले काठमाडौंको बौद्द क्षेत्रमा चन्दा असुली गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी समेत परेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप