बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले संविधानमाथि प्रश्न उठाउने काम गर्नुभो : गगन थापा

बिहीबार, २९ कात्तिक २०७५, १६ : १५
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाएका छन् ।  नेता थापाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय पनि संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्ति समेत जनाए । 

नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनको बिहिबार काठमाडौंमा उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनका लागि नागरिकको विश्वास आर्जन गर्नुपर्ने बेला प्रधानमन्त्री ओलीका गतिविधि त्यस विपरित भइरहेको दावी समेत गरे ।

संविधानको मूल मर्मअनुसार गतिविधि नगरेकै कारण अहिले संविधान विरोधीहरुले खेल्ने ठाउँ पाएको नेता थापाको तर्क छ । उनले कामै गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना समेत गरे ।

पूर्वमन्त्री समेत रहेका थापाले जनताको अपेक्षा अनुसार काम नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप