संसदमै भिडे राजपक्षे र विक्रमसिंघेका समर्थक, चल्यो लात्तीदेखि मुक्कासम्म
काठमाडौं– श्रीलंकाको संसदमा बिहिबार कुटाकुट भएको छ । प्रधानमन्त्री महिन्दा राजपक्षे र विक्रमसिंघेका समर्थकबीच भएको विवाद उग्र बन्दै संसदमै झडप हुन पुगेको समाचारहरुमा जनाइएको छ ।
सांसदहरुले एकले अर्कालाई लात्तीदेखि मुक्कासम्मले हान्दै गरेको फुटेज टेलिभिजनहरुले देखाएका छन् ।
आज चर्कँदो दलीय तनावका बीच संसद बैठक बोलाइएको थियो । झडपका क्रममा दिलुम अमुनुगाम्ना नाम गरेका सांसद घाइते भएका छन् ।
बिहीबार बिहान संसद बैठक चलिरहँदा प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका समर्थक सभामुखविरुद्ध उत्तेजित बनेपछि कुटाकुट सुरु भएको थियो ।
यसैबीच प्रधानमन्त्री राजपक्षेले सभामुखसँग ध्वनीमतबाट आफूलाई हटाउने अधिकार नरहेको दाबी गरेका छन् ।
मंगलबार संसदबाट पारित भएको अविस्वास प्रस्तावलाई लिएर उनले यो दाबी गरेका हुन् ।
राजपक्षलेले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको पनि आरोप लगाएका छन् ।
उनको अभिव्यक्तिपछि विपक्षी थप आक्रोशित बन्न पुगेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा