शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

७० वर्ष उमेर नाघेका नेतालाई बिदा गर्न काँग्रेसका ११ भाइको ‘लबिइङ’

बिहीबार, २९ कात्तिक २०७५, १५ : ५१
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं– काँग्रेसका युवा नेताहरुले ७० वर्ष उमेर कटेका नेताहरुलाई नेतृत्व तहमा नस्वीकार्ने भएका छन् ।

 उनीहरुले ७० वर्ष कटेका नेताहरुले मुलुकलाई मार्गनिर्देश गर्न नसक्ने भन्दैस–सम्मान विदा गनुपर्ने बताएका छन् । 

यस विषयमा उनीहरुले मंसिर १ गतेदेखि बस्ने काँग्रेस केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव नै लैजाने तयारी गरेका छन् ।

 त्यसका लागि युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल,गुरु घिमिरे, बद्री पाण्डे, कमला पन्त र कल्याण गुरुङसहित ११ जना नेताहरुले संयुक्त प्रस्ताव तयार परिरहेको एक नेताले जानकारी दिएका छन् । 

११ मध्येका एक नेता गुरु घिमिरेले ११ जना नेताले लैजाने प्रस्तावलाई फरक मतका रुपमा लिन नहुने बताए । 

‘हामीले फरक मत हैन, आफ्नो प्रस्ताव लैजान लागेको हो, पुरातन र परम्परावादी शैली र सोचले काँग्रेस चल्दैन भनेर हामीले यसअघि पनि प्रस्ताव लगेका हौं, त्यसको निरन्तरतास्वरुप नेतृत्वबाट ७० कटेका नेताहरुलाई विदाई गर्नुपर्छ र काँग्रेसलाई रुपान्तरण गर्नुपर्छ भन्ने उद्देश्य र  अडान कायमै छ’ नेता घिमिरेले रातोपाटीलाई बताए ।

फरक प्रस्ताव लैजाने विषयमा युवा नेताहरुबीच बुधबार काठमाडौँमा छलफल भएको थियो । छलफल शुक्रबार पनि हुने नेताहरुले बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप