शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विपाशाका यस्ता थिए ६ अफेयर्स, तर करणसँग भयो विवाह

बिहीबार, २९ कात्तिक २०७५, १५ : ४१
बिहीबार, २९ कात्तिक २०७५

मुम्बई – बलिउड अभिनेत्री विपाशा बासुबारे जानकारी नहुनेसायदै होलान् ।  उनै विपासा विवाह पछि भने मिडिया तथा फिल्मबाट टाढा छिन् ।

 उनको बलिउड अभिनय करियर निकै सफल रह्यो । उनले २०१६ मा करण सिंह ग्रोवरसँग विवाह गरेकी हुन् ।

विपाशा फिल्मी करियरका कारणले जति चर्चामा रहिन् । त्यो भन्दा बढी उनी अफेयर्सका कारणले चर्चामा रहिन् ।  बलिउडमा बोल्ड अभिनेत्रीको छवि बनाएकी उनले ७ औं प्रेमीसँग बिबाह गरेकी हुन् । 

मिलिन्द सोमन 
मिलिन्दसँगको अफेयर्सको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । जतिबेला विपाशा मोडलिङमा थिइन् सो समय मिन्दिसँग उनको अफेयर्स रहेको थियो । केही समय साथ रहेर दुबै छुट्टिएका थिए । मिलिन्दले पनि कयौँ बलिउड चलचित्रमा काम गरेका छन् ।

डीनो मोरिया 
फिल्म ‘राज’मा देखिएका अभिनेता डिनोको साथ विपाशाको दोस्रो अफेयर्स थियो । प्रेमका कारण यी दुबै बलिउडमा निकै चर्चामा थिए । तर २००२ मा दुबैले सम्बन्ध पूर्णबिराम लगाए ।

जोन अब्राहम 
जोन र विपाशाको जस्तो बलिउडमा कुनै अविवाहित जोडीको चर्चा भएको छैन । दुबै ९ बर्ष रिलेसन सिपमा रहे । यी दुबै एक अर्काेसँग छुट्टीनुको कुनै खास कारण अहिलेसम्म बाँहिर आएको छैन । 
 
राणा दुग्गावती 
‘बाहुबली’बाट चर्चामा आएका साउथ अभिनेता राणा दग्गुवतीसँग पनि विपाशाको अफेयर्स थियो । यी दुबैले २०११ मा ‘दम मारो दम’ अभिनय गरेका थिए । 
सैफअली खान
एक समय विपाशाको नाम सैफअली  खानसँग पनि जोडिएको थियो । फिल्म ‘रेश २’ को सुटिङमा यी दुबै एक अर्काेको नजिक थिए । २०१२ मा सैफले करिनासँग बिबाह गरेपछि बिपाशा एक्लो भएकी थिइन् ।

हरमन बवेजा
बिपाशाको अफेयर्स हरमनसँग पनि थियो । उनले एक ट्वीटमा हरमन र आफु कपल रहेको जनाएकी थिइन् । तर केही महिनामै यी दुबै अलग भए ।
 
करण सिंह ग्रोवर
बिपाशा र करणले एक चलचित्रमासँगै काम गरेका थिए । अभिनय सिलसिलामा दुबै बीच प्रेम बस्यो । यी दुबैले ३० अप्रिल २०१६ मा विहे पनि गरे ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप