शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनियाँ सेनाको धम्कीः जसरी पनि गर्नेछौं सम्प्रभुताको रक्षा, सेना हटाउ भारत

सोमबार, ०९ साउन २०७४, १३ : ०७
सोमबार, ०९ साउन २०७४

सिक्किम क्षेत्रको डोकलाममा भारत र चीनबिचको तनाव बढ्दो छ । चीनियाँ सरकारपछि अब पहिलो पटक चीनियाँ सेनाले पनि डोकलामको विषयमा धम्की दिएको छ । चीनियाँ सेनाले डोकलाममा भारतीय सेना पछि नहटे आफ्नो संख्या वृद्धि गर्ने चेतावनी दिएको छ । साथै, चीनियाँ सेनाले सम्प्रभुताको रक्षाका लागि आफूहरुले जे पनि गर्ने पनि बताएका छन्  ।

चीनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वू कियानले एक पत्रकार सम्मलेनमा भने, ‘एक पहाडलाई हल्लाउन सहज छ तर पिपल्स लिबरेशन आर्मीलाई हल्लाउन निकै मुश्किल छ । ’ चीनले आफ्नो क्षेत्र र सम्प्रभुताको रक्षा गर्नका लागि आफ्नो क्षमतालाई लगातार बलियो बनाइरहेको बताएको छ ।

१ अगस्टमा पिएलएको ९० औं वर्षगाँठपूर्व एक विशेष कार्यक्रममा पिएलएले डोकलाममाथि एक बलियो सन्देश दिएको छ । डोकलाममा तैनाथ गरिएका सेनाको संख्यामा पनि वृद्धि गरिने बताइएको छ । राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नल वू कियानले भने, ‘पछिल्लो ९० वर्षमा पिएलएलको इतिहास सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षाका लागि हाम्रो संकल्प, क्षमतालाई पुष्टि गर्दछ ।’

पीएलएका अनुसार उक्त घटनाको जवाफमा एक ‘आपतकालीन प्रतिक्रिया’ को रुपमा थप चीनियाँ सेना पनि उतार्न सकिन्छ ।

किआनले भने, ‘जूनको मध्यमा चीनियाँ सेनाले एक सडक निर्माणको जिम्मेवारी लिएको थियो । डोंगलाग चीनको क्षेत्र हो र चीनले आफ्नो क्षेत्रमा सडक निर्माण गर्नु एक सामान्य घटना हो । यो चीनको सम्प्रभुताको कार्य हो र यो वैध छ ।’

चीनका वरिष्ठ कर्नल वूले भने, ‘हामी भारतलाई आफ्नो सैनिकलाई दुबै देशको सीमा रेखाबाट फिर्ता बोलाउन आग्रह गर्न चाहन्छौं । यो समस्या समाधानको आधार हो । शान्ति र सीमावर्ती क्षेत्रको सुरक्षा दुबै चीन र भारतीय मानिसहरुको हितको लागि हो ।’

उनले थपे, ‘साथै भारतले आफ्नो गल्तीलाई सच्याउनुपर्छ र आफ्नो उत्तेजक कार्यलाई समाप्त गर्नुपर्छ र संयुक्त रुपमा सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता बनाइराख्नका लागि चीनियाँ पक्षसँग मिलेर काम गर्न आग्रह गर्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप