शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरू नाफा बढाउन आक्रामक देखिए, सेयर आम्दानीमा कुन बैंक राम्रो ?

बिहीबार, २९ कात्तिक २०७५, १५ : १५
बिहीबार, २९ कात्तिक २०७५

वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासको  वित्तीय विवरणहरू धमाधम प्रकाशित गरिरहेका छन् । बैंकहरूले नाफा कमाएको र लगानीकर्तालाई खुुसी बनाउने प्रतिसेयर आम्दानी बढेको विवरण देखाएका छन् । प्रतिसेयर आम्दानी भनेको लगानीकर्ताको एक कित्ता सेयर बराबर कति आम्दानी भयो भन्ने हो । 

अधिकांश बैंकहरूले नाफा बढाउँदा लगानीकर्ताको चासोको रूपमा रहेको प्रतिसेयर आम्दानी पनि बढेको छ । हामीले यहाँ २८ वटा वाणिज्य बैंकमध्ये वित्तीय विवरण प्रकाशित गरेका  १४ वटा बैंकहरूको नाफा र सेयर आम्दानीका विषयमा देखाउन खोजेका छौँ ।  

सेन्चुरी बैंकको नाफा १०४ प्रतिशले बढ्यो 
सेन्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य नाफा गरेको छ । बैंकले १०४.४७ प्रतिशतले नाफा बढाएर २७ करोड ४० लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष  १३ करोड ३८ लाख  ३ हजार रुपैयाँ मात्र थियो । बैंकले ६२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दा कर्जा लगानी भने ५७ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी नौ रुपैयाँ ८० पैसाबाट बढेर १३ रुपैयाँ ६४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १५ पैसा छ । 

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा अर्ब माथि 
नेपाल इन्भेस्टमेन्ट बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा १ अर्बभन्दा बढी कमाएको छ । बैंकले यो अवधिमा १ अर्ब ५ करोड ४६ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १७.८४ प्रतिशतले वृद्धि हो । गत वर्ष यसै अवधिमा ८९ करोड ४९ लाख ९४ हजार रुपैयाँ कमाएको थियो । १ खर्ब ४१ अर्ब २१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको यस बैंकले  कर्जा लगानी १ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा पनि घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६३ पैसा पुगेको छ । गत वर्ष ३३ रुपैयाँ ६९ पैसा थियो । प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ ९३ पैसा रहेको छ । 

सानिमाको ५१ करोड नाफा  
सानिमा बैंकले ५१ करोड ८८ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा ३८.३५ प्रतिशतले बढी हो । गत वर्ष ३७ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो । प्रतिसेयर आम्दानी  २५.४५ रुपैयाँ रहेको छ । गत वर्ष १८ रुपैयाँ २० पैसा थियो । बैंकले खराब कर्जा पनि घटाएको छ । गत वर्षको यस अवधिको ०.१४ प्रतिशतबाट घटेर ०.८ प्रतिशत पुगेको छ । 

नेपाल बङ्गलादेश बैंकको प्रतिसेयर आम्दानीमा दोब्बर वृद्धि 
बङ्गलादेश बैंकले ३१.४ प्रतिशतले नाफा वृद्धि गरेर ३० करोड १९ लाख १४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष २२ करोड ९७ लाख रुपैयाँ कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा छ । यो गत वर्षको तुलनामा दोब्बर बढी हो । गत वर्ष ७ रुपैयाँ ६२ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ रहेको छ । 

मेगाको छलाङ, ३९४.४८ प्रतिशतले नाफा बढ्यो  
मेगाले ३९४.४८ प्रतिशतले नाफा बढाएको छ । बैंकको नाफा ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ छ । गत वर्षको यसै अवधिमा मेगाले ८ करोड १८ लाख १७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।  मेगाले प्रतिसेयर आम्दानी बढाएको प्रतिवेदन पेश गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८८ पैसाबाट बढेर १५ रुपैयाँ ४४ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३० पैसा रहेको छ । ६६ अर्ब ११ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दा कर्जा लगानी भने ६२ अर्ब २४ करोड रुपैयाँ गरेको छ । 

सनराइजको नाफा ६२.७३ प्रतिशतले वृद्धि  
सनराइज बैंकको नाफा ६२.७३ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा ३३ करोड १४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा २० करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । सनराइजको प्रतिसेयर आम्दानी बढेर १६ रुपैयाँ २६ पैसा पुगेको छ गत वर्ष ९ रुपैयाँ ९९ पैसा थियो । बैंकले ७५ अर्ब निक्षेप सङ्कलन गर्दा ६६ अर्ब कर्जा लगानी गरेको छ । 

कुमारी बैंकको नाफा १४३.४६ प्रतिशतले वृद्धि
कुमारी बैंकले नाफा १४३.६६ प्रतिशतले बढाएको छ । बैंकको नाफा ३५ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष १४ करोड ४३ लाख रुपैयाँ मात्र नाफा थियो । यसको पनि प्रतिसेयर आम्दानी बढेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७ पैसाबाट बढेर १९ रुपैयाँ ७१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २१ पैसा रहेको छ । कुमारीको निक्षेप ७२ अर्ब ४९ करोड ८२ लाख ३५ हजार रुपैयाँ सङ्कलन हुँदा कर्जा लगानी भने ६७ अर्ब ८२ करोड ४२ लाख १८ हजार रुपैयाँ पुगेको छ । 

नेपाल बैंकको प्रतिसेयर आम्दानी र नाफा दुवै खुम्चियो 
सरकारी बैंक नेपाल बैंकले भने लगानीकर्तालाई निराश पारेको छ । बैंकको नाफाको साथसाथै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ ।  बैंकको नाफा यो त्रैमासमा खुम्चिएको छ । गत वर्षको यसै अवधिको  तुलनामा नाफा ५.९१ प्रतिशतले खुम्चिएको हो । गत वर्ष ९७ करोड नाफा कमाएको नेपाल बैंकले यो त्रैमासमा ९१ करोड रुपैयाँ मात्र नाफा कमाउन सकेको छ ।  प्रतिसेयर आम्दानी पनि घटेर ३९ रुपैयाँ ९२ पैसामा आएको छ । गत वर्ष ४८ रुपैयाँ ३१ पैसा  थियो । बैंकले ९३ अर्ब ४३ करोड १४ लाख ७६ हजार निक्षेप सङ्कलन गर्दा ७९ अर्ब ७ करोड ९१ लाख ४५ हजार रुपैयाँ बर्जा प्रवाह गरेको छ । 

एभरेस्टको नाफा १९.१७ प्रतिशले वृद्धि
एभरेस्ट बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा १९.१७ प्रतिशतले बढेको छ । बैंकको नाफा ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष एभरेस्टले ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५६ पैसा पुगेको छ । गत वर्ष २७ रुपैयाँ ७८ पैसा थियो । बैंकले १ खर्ब २० अर्ब ३३ करोड ९१ लाख निक्षेप सङ्कलन गर्दा कर्जा लगानी १ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँ भएको छ । 

ग्लोबल आईएमईको ३६ प्रतिशतले नाफामा वृद्धि  
ग्लोबल आईएमई बैंकले पहिलो त्रैमासमा ३६.३६ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ  । बैंकले यो अवधिमा ५३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको हो । गत वर्षको यसै अवधिमा बैंकको नाफा ३९ करोड २९ लाख रुपैयाँ मात्र थियो । बैंको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ११ पैसा पुगेको छ । यो गत वर्षको तुलनामा बढेको हो । गत वर्षको यसै अवधिमा १९ रुपैयाँ ४५ पैसा थियो । बैंकले निक्षेप १ खर्ब ११अर्ब रुपैयाँ हुँदा कर्जा लगानी ९९ अर्ब ५० करोड रुपैयाँ विस्तार भएको छ । 

स्ट्यान्डर्ड चार्टडको प्रतिसेयर आम्दानीमा गिरावट  
बैंकले चालु आवको पहिलो त्रैमासमा ६३ करोड ४१ लाख रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको तुलनामा खुद नाफामा २६.७७  प्रतिशतले वृद्धि हो । प्रतिसेयर आम्दानी भने गिरावट देखिएको छ । गत वर्ष ४९ रुपैयाँ ९५ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको अहिले प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । यो त्रैमासमा स्ट्यान्डर्डले ६५ अर्ब ४७ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दा ४८ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
 

कृषि विकास बैंकको नाफामा ८२.१९ प्रतिशतले वृद्धि  
कृषि विकास बैंकले ८२.१९ प्रतिशतले नाफा बढाएको छ । बैंकले पहिलो त्रैमासमा ६६ करोड ३१ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यही अवधिमा  ३६ करोड ३९ लाख ७२ हजार रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर २७ रुपैयाँ ३५ पैसा पुगेको  छ ।  गत वर्ष १५ रुपैयाँ ९४ पैसा मात्र थियो । कृषि विकास बैंकमा १ खर्ब २ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ निक्षेप छ भने यस बैंकले १ खर्ब ६१ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

सिटिजन्स बैंक 
सिटिजन्सले पहिलो त्रैमासमा नाफामा ३४.३८ प्रतिशतले बृद्धि गरेर ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ पुर्याएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २६ पैसा छ । यो गत वर्षको  तुलनामा बढेको हो ।  गत वर्ष १५ रुपैयाँ ९० पैसा थियो । 

सिद्धार्थ बैंक 
सिद्धार्थले पहिलो त्रैमासमा ५२ करोड ५० लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्षको तुलनामा ४३.१० प्रतिशतले बढेको हो । गत वर्ष ३६ करोड ६९ लाख १८ हजार खुद नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा छ । यो गत वर्षको भन्दा बढेको हो । गत वर्ष २३ रुपैयाँ ७ पैसा थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप