शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एजेन्ट पक्राउ : बेच्न तयार तीन महिलाको उद्दार

बिहीबार, २९ कात्तिक २०७५, १४ : २५
बिहीबार, २९ कात्तिक २०७५

परासी–नवलपरासीको सुस्ता गाउँपालिकाबाट प्रहरीले मावन बेचविखन तथा ओसार–पसार गर्ने एक महिला एजेन्टलाई पक्राउ र बेचन लगिएका तीनजना महिलाहरुको उद्दार गरेको छ ।  कुवेत पठाउने भन्दै भ्रममा पारेर भारतमा बेच्न लैजाने क्रममा प्रहरीले सुस्ता गाउँपालिका ५ बस्ने २८ बर्षीया एजेन्ट सुनिता गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी गुरुङको घरबाट सिन्धुपाल्चोक बाह्बिसे नगरपालिका ६ बस्ने २८ बर्षीय संगिता थामी, चौताराकी ३० बर्षीय ग्यामो सिर्पानी र बाँके राप्तीसुनसरीकी ३५ बर्षीय मनिषा विश्वकर्माको उद्दार गरेको प्रहरी चौकी रामनगरले जनाएको छ ।

एजेन्ट गुरुङ्गले तीनैजना महिलाहरुलाई जिल्लाको पक्लिहवाँ नाकाबाट छिराउँदै भारतको गोरखपुरबाट रेल चढाई दिल्ली लैजाने र दिल्लीबाट कुवेत पठाउने भनेर भारतीय एजेन्टलाई गोरखपुरमा जिम्मा लगाउने योजना बनाएको खुलेको छ । 

प्रहरीले गुरुङले एकजना महिलालाई भारतको गोरखपुरसम्म पु¥याउँदा खर्च कटाएर १० हजार रुपैयाँ कमिसन लिने गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप