बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्वकप छनौट : कप्तान सन्दीप फेरि नायक, नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

सोमबार, ०९ साउन २०७४, १२ : ५९
सोमबार, ०९ साउन २०७४

काठमाडौँ – कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्न सफल भएको छ ।


सिंगापुरमा जारी आइसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगितामा नेपालले चौँथौ जीत निकाल्न सफल भएको हो ।


९० रनको झिनो लक्ष्य पाएको नेपालले मात्र २२.२ ओभरमा उक्त लक्ष्य भेट्याएको थियो ।


नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले यसक्रममा ६ चौका हिर्काएका थिए ।


उनलाई दिपेन्द्रसिंह ऐरले १९ तथा ओपनर सन्दीप सुनारले १५ रन बनाएर साथ दिए ।


यसअघि, कप्तान सन्दीपले ७ विकेट लिएपछि मलेसिया ८९ रनमा अलआउट हुन पुगेको थियो ।


सन्दीपले ९.१ ओभर बलिङ गर्दै १ मेडनसहित मात्र १३ रन खर्चेर सात विकेट लिए । शहबाब आलमले २ विकेट लिए ।


मलेसियाका लागि ओपनर सायेद अजिजले ४६ रन बनाउनबाहेक अन्य कुनै ब्याटसम्यानले ठूलो योगदान दिन सकेनन् ।


जीतसँगै नेपालले विश्वकपमा छनौट हुने आशा कायम राखेको छ ।


नेपालले हालसम्म पाँचमध्ये चार खेल जितेको छ । नेपालले दुवैपटक मलेसिया र सिंगापुरलाई पराजित गर्न सफल रहेको छ भने एक मात्र खेलमा अफगानिस्तानसँग पराजित भएको छ ।


 राउन्ड रोबिन लिगको आधारमा प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आर्यसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप