मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बाजुरामा जीप दुर्घटना, चालकको मृत्यु

बिहीबार, २९ कात्तिक २०७५, १३ : ३९
बिहीबार, २९ कात्तिक २०७५

बाजुरा– बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा आज मार्तडी आउँदै गरेको से१ज ५४३ नं को जीप बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिए ।

दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको अवस्था गम्भीररहेको प्रहरी प्रमुख भाटले बताए । दुर्घटनामा परी गम्भीर घाइतेमध्ये चालकका छोरा २२ वर्षीय नवराज साउँद, ट्रक चालक कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

सोही नगरपालिका–१ कुँडीमा भारतबाट आएकालाई पुर्याएर कुँडीबाट मार्तडी आउने क्रममा जीप दुर्घटना भएको हो । 

जीप सडकभन्दा करिब पाँचसय मिटर तल खसेको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप