शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्सफोर्डले यो शब्दलाई घोषणा ग-यो २०१८ को ‘वर्ड अफ द इयर’

बिहीबार, २९ कात्तिक २०७५, १३ : ३३
बिहीबार, २९ कात्तिक २०७५

एजेन्सी । विश्वको लोकप्रिय मध्ये एक शब्दकोश अक्सफोर्ड डिक्सनरीले यो वर्षको लागि ‘टक्सिक’ शब्दलाई ‘वर्ड अफ द इयर (वर्ष शब्द)’ घोषणा गरेको छ ।

 नेपालीमा विशालु वा विशाक्त जनाउने यो शब्द ‘ग्यासलाइटिङ’, ‘इन्सेल’ र ‘टेकल्यास’ जस्ता राजनीतिक झुकावका शब्दहरुलाई उछिनेर सन् २०१८ को वर्ष शब्दमा छानिएको हो । 

अक्सफोर्ड डिक्स्नरीको अमेरिकी शाखाकी प्रमुख क्याथरिन कोनर मार्टिनले आफ्नो वेबसाइटमा अघिल्लो वर्षभरी ‘टक्सिक’ शब्दलाई उलेख्य मानिसहरुले खोजेको बताइन् ।  

तर उनका अनुसार यो शब्दलाई ‘वर्ष शब्द’को रुपमा छान्नुपछाडि तथ्यांकीय कारणभन्दा पनि पछिल्लो वर्षमा विविध प्रयोजनको लागि बढेको यो शब्दको प्रयोगले काम गरेको छ ।  

पछिल्लो समय ‘टक्सिक’ शब्द वातावरणीय प्रदूषणको वहसदेखि आजको विशाक्त राजनीतिक संवादलाई जनाउन प्रयोग गरिन्छ । अझ मीटु अभियानको बहसमा ‘टक्सिक म्यासकुलिनिटी(विशाक्त पुरुषत्व)’ को विषय बारम्बार दोहोरिन्छ ।  

मार्टिनका अनुसार खासमा शुरुमा शब्द छनौट गर्ने समितिले ‘टक्सिक म्यासकुलिनिटी’लाई नै छान्ने बारेको सोचेको थियो । 

“तर पछि हामीले टक्सिक शब्द कति धेरै चलनचल्तीमा रहेको ख्याल गर्यौ । यो शब्द धेरै कुराहरुमा जोडिएका आउँछ ,” मार्टिनले भनिन् । 

अक्सफोर्डले ‘वर्ड अफ द इयर(वर्ष शब्द)’ कुनै निश्चित वर्षको “प्रकृति, मुड वा चिन्ता”लाई झल्काउनको लागि चुन्ने गर्छ । यसका साथै अक्स्फोर्डका अनुसार यसको उदेश्य अंग्रेजी भाषाको परिवर्तनशीलतामा प्रकाश पार्नु पनि हो ।  

तर अक्स्फोर्ड डिक्स्नरीले चुन्ने ‘वर्ड अफ द इयर’लाई सधैं उही उत्साहका साथ लिइँदैन । 

अघिल्लो वर्षको विजेता शब्द ‘युथक्वेक’मा केहीले असन्तुष्टि व्यक्त गरेका थिए । तर सन् २०१६ को लागि चुनिएको वर्ष शब्द ‘पोष्ट–ट्रुथ’ भने सर्वस्वीकृत जस्तै भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप