बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरी  र यतीवीच सम्झौता, यती चढ्नेले चन्दागिरीमा छुट पाउने

सोमबार, ०९ साउन २०७४, १२ : ३६
सोमबार, ०९ साउन २०७४

काठमाडौं–निजी क्षेत्रको वायुसेवा यती एयरलाइन्स र चन्दागिरी हिल्सवीच सेवा ग्राहीलाई छुट दिने सम्झौता भएको छ । यो सम्झौता अनुसार यती एयरलाइन्स मार्फत हवाई यात्रा गर्नेले चन्द्रागिरी केवलकारमा २० प्रतिशत छुट पाउनेछन् । 


दुई कम्पनीवीच यात्रुले लिएको वोर्डिङ पासमा आधारमा यस्तो छुट दिने सहमती भएको हो । सम्झौतामा चन्द्रागिरी हिल्सका महाप्रवन्धक अभिषेक विक्रम शाह र यती एयरलाइन्स डोमस्टिकका प्रविना केसीले हस्ताक्षर गरेका छन् । साउन १ गतेदेखि लागु भएको छुट योजना आगामी बर्षको असार मसान्तसम्म लागु हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप