शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध सुनसहित विमानस्थलबाट ३ जना पक्राउ

बिहीबार, २९ कात्तिक २०७५, १२ : १४
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली अवैध रुपमा लैजान लागेको करिब २ सय ९९ ग्रामको सुनको सिक्री सहितबझाङ बुङगल नगरपालिका ७ बस्ने २५ वर्षीय नरेश बोहोरा समेत ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 

विभिन्न मुलुकबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार पार्किङ एरियामा उक्त सुन अवैध रुपमा संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप