शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइफोन एक्स अपग्रेड गर्ने बेला बिस्फोट, एप्पलले सुरु गर्यो अनुसन्धान

बिहीबार, २९ कात्तिक २०७५, ११ : ५०
बिहीबार, २९ कात्तिक २०७५

अमेरिकाको वासिङ्टनमा एक प्रयोगकर्ताको आइफोन एक्स  iOS 12.1   अपडेट गर्ने बेला बिस्फोट भएको छ । आइफोन एक्स प्रयोगकर्ता राहित मोहम्मदले यसको फोटो ट्वीटर अकाउन्टमा पनि पोष्ट गरेका छन् । उनका अनुसार आफ्नो १० महिना पुरानो फोन अपडेट गर्नेबेला फोन बिस्फोट भयो ।

राहिलले यसबारे एप्पललाई पनि जानकारी दिएका छन् । कम्पनीले यसबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

सुरुमा फोन तात्यो त्यसपछि बिस्फोट भयोः

राहिल मोहम्मदका अनुसार उनी आफ्नो फोनमा सफ्टवेयर अपडेट गरिरहेका थिए र अपडेट प्रोसेसिङका बेला उनी कम्पनीको लाइटनिङ केवल र वाल एडप्टरबाट आइफोन चार्ज गरिरहेका थिए ।

उनले भने, ‘यत्तिकैमा आइफोन तातो भयो र त्यसबाट धुँवा निस्कियो । त्यसपछि मैले आइफोनलाई चार्जरबाट निकालेँ । त्यसलगत्तै फोन बिस्फोट भयो ।’

यसको समर्थनमा एप्पलले ट्वीट गर्यो, ‘यो हामीले कहिले पनि सोचेका थिएनौं । हामीलाई डाइरेक्ट मेसेज गर्नुहोस् ता कि यसबारे अनुसन्धान गर्न सकौं ।’

यसबारे अनुसन्धान गरेपछि मात्र निर्णय लिइने एप्पलले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप