शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसलाई बुहारी बनाउन चाहन्थे अमिताभ

बिहीबार, २९ कात्तिक २०७५, ११ : ४८
बिहीबार, २९ कात्तिक २०७५

एजेन्सी– बलिउड महानायक अमिताभ बच्चनको जीवनका हरेक कुराहरु उनका फ्यानका लागि सधैँ चासोको विषय हुने गर्छ । त्यसैकारण कहिले परिवार, कहिले घर त कहिले फिल्मका कारण उनी सामाजिक सञ्जालमा समय समयमा चर्चामा पनि आइरहन्छन् । 

भनिन्छ अमिताभ बच्चन आफ्नो एक मात्र छोरा अभिषेकको लागि आफैँले बुहारी खोज्न चाहान्थे । यता अभिषेक भने करीश्मा कपूरसँग प्रेम सम्बन्धमा थिए । तर  यी दुई बीचको प्रेम सम्बन्धले विवाहको रुप पाउन सकेन । र सम्बन्धमा पूर्णविराम लाग्यो । 

अभिषेकको उनकी प्रेमिकासँग ‘ब्र्रेकअप’ भइसकेपछि अमिताभ सुशिल र असल बुहारीको खोजीमा लागे । उनले आफूसँगै धेरै फिल्ममा सँगै काम गरेकी रानीलाई बुहारी बनाउने प्रस्ताव राखे तर उनकी श्रीमती जयाले रानीलाई स्वीकारिनन् । 

यही कारणले अमिताभ र जयाबीच केही समय मनमुटाव भएको पनि भारतीय सञ्चार माध्यमले बताएका थिए । जयाले रानीको उचाई थोरै भएकोले अभिषेकसँग जोडी नसुहाउने भएकाले रानीलाई बुहारी बनाउन इन्कार गरेको बताइन्छ । 

अन्त्यमा अभिषेकले ऐश्वर्यालाई मन पराउन थाले र २००७ मा विवाह पनि गरे । उनीहरुको एक छोरी पनि छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप