शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा पनि मनाए नेपालीले छठ पर्व

बिहीबार, २९ कात्तिक २०७५, १० : ४१
बिहीबार, २९ कात्तिक २०७५

 अमेरिका–अमेरिकाका केही राज्य तथा शहरहरुमा मात्रै मनाईदै आएको छठ पर्व यो बर्षदेखि व्यापक बनाउदै अन्य शहरहरुमा पनि मनाईएको छ । छठ पर्व मनाउने क्रममा अमेरिकाको डिसी महानगर क्षेत्रको भजिर्नियाको प्रख्यात शहर स्टरलिङ्गस्थित पोटोम्याक नदी किनारमा अमेरिकामा बस्ने तराई मधेसका नेपाली समुदायले उत्साहजनक रुपमा  छठ पर्व मनाएका छन् । 

गत नोभेम्बर १२ तारिख साँझबाट मनाउन थालिएको छठ नोभेम्बर १४ तारिखको बिहान सकिएको छ । 

डिसी क्षेत्रमा बसोबास गर्ने र छठ पर्व मनाउनेहरुले पोटोम्याक नदी किनारलाई छठमय बनाएका थिए । डिसी क्षेत्रमा छठ पर्व मनाउन व्यवस्थापन गर्दै आएका एसोसिएसन अफ नेपालीज इन तराई इन अमेरिकाका(एन्टा)का अध्यक्ष विजय कुमार सिंहले यो व्रत बस्दा श्रद्धा, निष्ठा, विश्वास र आस्थापूर्वक बसिने बताए ।

हरेक बर्ष छठको प्रचारप्रसार बढ्दै गएको र अमेरिकामा नेपालीहरु आउने क्रम पनि बढेकाले अमेरिकामा छठ मनाउनेहरुको सङ्ख्या बृद्धि भएको सिंहले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप