शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको पहिलो दिन यस्ता देखिए रणबीर दिपिका, हेर्नुहोस् १५ तस्बिर

बिहीबार, २९ कात्तिक २०७५, ०९ : २७
बिहीबार, २९ कात्तिक २०७५

बलिउडको निकै चर्चित जोडी दीपिका पादुकोण र रणबीर सिंह आधिकारिक रुपमा एक–अर्काको भइसकेका छन् । इटालीको लेक कोमोमा दुबैले नोभेम्बर १४ तारिखमा कोंकणी परम्परा अनुसार विवाह गरे । नवविवाहित जोडीको विवाहको तस्बिर प्रशंसकहरु निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।

इटालीमा भएका इन्डिया टुडेको समूहले दीपिका र रणबीरको वेडिङ भेन्युबाहिरको एक्सक्लुसिभ तस्बिर ब्रेक गरेको छ ।

साथै, सोसल मिडिया अकाउन्टमा पनि नवविवाहित जोडीको तस्बिर पनि सार्वजनिक भइरहेको छ । यसमा दीपिका–रणबीरको पहिलो झलक देख्न पाइन्छ ।

रणबीरले पारम्परिक कोंकणी विवाहका लागि सेतो सेरवानी लगाएका थिए भने दीपिका साउथ इन्डियन ब्राइडको गेटअपमा देखिइन् ।

कोंकणी विवाहमा सेतो रङको फूलले सजावट गरिएको थियो । करिब आठ हजार फूलले विवाहको स्थान सजाइएको थियो ।

विवाह दिउँसो करिब दुई बजेदेखि लगभग पाँच बजेसम्म चलेको बताइएको छ । विवाहका लागि ३० देखि ४० पाहुनालाई निम्तो दिइएको थियो । आज सिन्धि परम्परा अनुसार यी दुईको विवाह हुँदैछ ।

आजको विवाहको लागि विवाह स्थललाई रातो फूलले सजाइनेछ । यसका लागि १२ फ्लोरिस्टको समूहले काम गरिरहेको छ । फूलको सजावटको काम १६ घण्टासम्म चल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप