बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अदालतमा १७ वर्षे बलात्कार पीडितको अण्डरवेयरमाथि विवाद, सांसदले संसदभित्रै देखाइन् थोंग

बिहीबार, २९ कात्तिक २०७५, ०८ : ५३
बिहीबार, २९ कात्तिक २०७५

बीबीसी

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका एक व्यक्ति दोषमुक्त भएपछि आयरल्याण्डमा सेक्सका लागि सहमतीको मुद्दाबारे विभिन्न स्थानमा विरोध भइरहेको छ ।

मुद्दाको सुनुवाईको क्रममा बचाउ पक्षका वकिलले अदालतमा भनेका थिए, ‘तपाईंले उसको पोशाकलाई पनि हेर्नुपर्छ । उनले थोंग (एक प्रकारको भित्रि वस्त्र जसलाई अण्डरवेयरको रुपमा वा स्विमसुटको रुपमा लगाइन्छ) लगाएकी थिइन् जसको अगाडि फित्ता थियो ।’

अदालतले २८ वर्षे अभियुक्तलाई दोषी पाएन ।

अदालतको निर्णयमा विवाद भएपछि ‘रेप पीडितमाथि नै आरोप लगाइने’ प्रचलनविरुद्ध आवाज उठाउनका लागि आयरल्याण्डकी एक महिला सांसदले सदनमा अण्डरवेयर नै लिएर पुगिन् ।

सांसद रुथ क्याम्पिगरले संसदमा निलो रंगको फित्ता भएको अण्डरवेयर देखाउँदै भनिन्, ‘यहाँ थोंग देखाउनु लज्जाको कुरा हुनसक्छ । तपाईंले एकपटक सोच्नुपर्र्छ कि जब एक महिलाको अण्डरवेयरलाई अदालतभित्र देखाइयो तब उनलाई कस्तो महसुस भएको थियो होला ।’

यो ममलाबारे सबैभन्दा पहिले नोभेम्बर ६ तारिखमा आइरिश एक्जामिनर पत्रिकाले रिपोर्ट प्रकाशित गरेको थियो ।

अभियुक्तले उनी र पीडितबीच आपसी सहमतीमा सम्बन्ध स्थापित भएको बताएका थिए ।

वकिलको तर्कपछि विवादः

तर वकिल एलिजाबेथ ओ–कोनेलले दिएको तर्कबारे सोसल मिडियामा निकै विवाद भएको छ ।

एक्जामिनरको रिपोर्ट अनुसार उनले सोधिन्, ‘यहाँ दिइएका प्रमाणले प्रस्ट बताउँछ कि उनी अभियुक्तप्रति आकर्षित थिइन् र कसैलाई भेट्न र सँगै बस्नका लागि सहमत थिइन् ।’

वकिलले न्यायाधिसलाई भनिन्, ‘तपाईंले यहाँ ती किशोरीले कस्तो लुगा लगाएकी थिइन् भनेर पनि हेर्नुपर्छ । उनले थोंग लगाएकी थिइन् जसको अघिल्तिर फित्ता थियो ।’

यो मामलाबारे पत्रिकामा रिपोर्ट प्रकाशित भएको भोलिपल्टै डबलिन रेप क्राइसिस सेन्टरकी प्रमुखले अधिवक्ताको बयानको आलोचना गरेकी थिइन् ।

यद्यपी, उनले निर्णयको आलोचना भने गरिनन् तर यस्ता टिप्पणी बारम्बार गरिरहने हुँदा कानूनी प्रक्रियामा सुधारको माग भने गरेकी छिन् ।

यसैबीच आयरल्याण्डका जनताले यस विषयबारे सोसल मिडियामा तिखो टिप्पणी गरेका छन् ।

#ThisIsNotConsent सहित धेरैले ट्वीट गरेका छन् । धेरै महिलाले आफ्नो अण्डरवेयरको तस्बिर पनि पोष्ट गरेका छन् ।

अदालतमा यस्तो प्रकारको तर्क दिएको विरोधमा उनीहरु आफ्नो अण्डरवेयरको रंग र साइज देखाइरहेका छन् ।

अदालतमा अण्डरवेयर देखाइएको विषयमा सांसद कोपिंगरले न्यायाधिस र जुरीका सदस्यलाई यसबारे प्रशिक्षण दिनुपर्ने माग गरेकी छिन् ।

यसै वर्ष उत्तरी आयरल्याण्डमा बलात्कारको एक मुद्दामा रग्बीका दुई चर्चित खेलाडीलाई दोषमुक्त गरिएको थियो ।

अदालतको सुनुवाई सार्वजनिक भएपछि आयरल्याण्ड र उत्तरी आयरल्याण्डमा ब्यापक प्रदर्शन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप