बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वाइट हाउसभित्र लफडाः मेलानियासँगको झगडापछि राष्ट्रिय सुरक्षा अधिकारीले दिइन् राजीनामा

बिहीबार, २९ कात्तिक २०७५, ०८ : ०६
बिहीबार, २९ कात्तिक २०७५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले एक शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीलाई जागिरबाट निकाल्न माग गरेकी छिन् ।

उनको मागपछि राष्ट्रिय सुरक्षा उप–सल्लाहकार मीरा रिकार्डेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।

ह्वाइट हाउसकी प्रवक्ताले रिकार्डेलले प्रशासनभित्र आफ्नो नयाँ भूमिका निभाउनका लागि ह्वाइट हाउस छोडेको जानकारी दिएकी छिन् । यद्यपी, उनले यसबारे विस्तृत जानकारी भने दिएकी छैनन् ।

मेलानिया ट्रम्पले यसै हप्ता रिकार्डेललाई ह्वाइट हाउसमा उनको आवश्यकता नभएको बताएकी थिइन् ।  

अमेरिकी मिडियाको रिपोर्ट अनुसार गत अक्टोबरमा अफ्रिकाको भ्रमणको क्रममा प्रथम महिला मेलानिया र  रिकार्डेलबीच विवाद भएको थियो ।

रिकार्डेल पछिल्लो सात महिनादेखि राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बाल्टनको नेतृत्व भएको शक्तिशाली राष्ट्रिय सुरक्षा परिषद्की सदस्य थिइन् ।

विमानभित्र विवादः

अमेरिकी मिडियाको रिपोर्ट अनुसार मेलानिया र मीराबीच अफ्रिका यात्राको क्रममा विमानको सिटमा बस्ने विषयमा विवाद भएको थियो ।

यो यात्राको क्रममा एबीसी नेटवर्कसँगको कुराकानीमा मेलानियाले ह्वाइट हाउसमा यस्ता केही व्यक्ति छन् जसमाथि उनले विश्वास गर्न नसक्ने बताएकी थिइन् ।

मेलानियाले भनेकी थिइन्, ‘म राष्ट्रपतिलाई पूरा इमान्दारीताका साथ आफ्नो धारणा बताउँछु । त्यसपछि उहाँले के गर्ने के नगर्ने भन्ने बारे निर्णय लिनुहुनेछ ।’

मंगलबार एक रिपोर्टमा द वाल स्ट्रिट जर्नलले बताए अनुसार मेलानिया ट्रम्पको समूहलाई प्रथम महिला र ह्वाइट हाउसबारे आइरहेको केही नकारात्मक रिपोर्टको पछाडि रिकार्डेलको नै हात भएको शंका छ ।

पत्रिकाले आफ्नो रिपोर्टमा यो पनि दाबी गरेको थियो कि उनको रक्षामन्त्री जेम्स म्याटिससँग पनि रक्षा नीतिबारे विवाद भइरहन्छ ।

यस्तै, मेलानिया ट्रम्पको तर्फबाट जारी बयानमा यो पनि भनिएको थियो कि उनको र जोन केलीबीचको सम्बन्ध सामान्य छ । बयानमा भनिएको थियो, ‘चिफ केली र श्रीमती ट्रम्पबीच सम्बन्ध निकै सकारात्मक छ र दुबैबीच कहिले कुनै विवाद भएको छैन ।’

यसैबीच राष्ट्रपति ट्रम्पले केही तस्बिर ट्वीट गरेका छन् जसमा उनी ह्वाइट हाउसमा दिवाली मनाइरहेको देखिएका छन् । यी तस्बिरमा मीरा रिकार्डेल पनि छिन् ।

रिकार्डेल यसअघि वाणिज्य दूतावासमा थिइन् र उनीसँग अमेरिकी सरकारी काम गरेको दशकौंको अनुभव छ ।

यसअपघि उनी राष्ट्रपति जर्ज बुशकोृ कार्यकालमा रक्षा विभागमा काम गरिसकेकी छिन् ।

यो कुनै भूकम्पको संकेत ?

वासिङ्टनमा बीबीसी संवाददाता एन्थोनी जुर्करका अनुसार ह्वाइट हाउसभित्रको लफडा अब सार्वजनिक हुन थालेको छ ।

पर्दा पछाडिको खेल र एक–अर्कालाई पिठ्युँमा छुरा धस्नु प्रशासनका लागि कुनै नयाँ कुरा होइन । ट्रम्पले सत्ता सम्हालेलगत्तै वेस्ट विंगमा केही गुट आफ्नो प्रभुत्व स्थापित गर्न प्रयासरत छन् ।

तर यसपटक नौलो कुरा के भयो भने प्रथम महिलाको कार्यालयले ह्वाइट हाउसकी एक कर्मचारीलाई आधिकारिक रुपमा निशानामा ल्याएको छ ।

राष्ट्रपतिका श्रीमतीहरुको ह्वाइट हाउसका कर्मचारीसँगको विवादको इतिहास नै छ । उदाहरणका लागि रोनाल्ड रिगनकी श्रीमती नेन्सी रिगनको चिफ अफ स्टाफ डोनल्ड रिगनसँग लामो विवाद रह्यो । हिलारी क्लिन्टनको पनि ह्वाइट हाउसका कर्मचारीसँग बारम्बार विवाद भइरह्यो ।

यद्यपी, यस्ता कुरा कहिले पनि सार्वजनिक रुपमा छताछुल्ल भएका थिएनन् । मध्यावधि चुनाव भइसकेको छ र अब ट्रम्प प्रशासनमा लफडा छ ।

ट्रम्प प्रशासनमा शक्तिका दुई केन्द्र चफ अफ स्टाफ जोन केली र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन आमने–सामने छन् । एउटा ठूलो भूकम्प आउनुअघि सानातिना झट्का आउन थालेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप