मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली स्याम्पु र मसलासहित सञ्चालक पक्राउ

बुधबार, २८ कात्तिक २०७५, २१ : २२
बुधबार, २८ कात्तिक २०७५

काठमाडौँ ।  महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ । 

परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली स्याम्पु र विएमसी मसला बनाएर बिक्री वितरण गर्दे आएका धादिङ धार्केका बासुप्रसाद विडारी र ज्योति विडारीलाई पक्राउ गरेको हो । 

परिसरले आज पत्रकार सम्मेलन गरी भारतीय ब्राण्डको मसला र स्याम्पु गैरकानूनी रुपमा उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रशासन र स्थानीय जनप्रतिनिधीको रोहवरमा मङ्गलबार दिउँसो नियन्त्रणमा लिइएको जानकारी दिइएको थियो । 

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले डेढ वर्षदेखि गैरकानूनी रुपमा मासिक १०० कार्टुन मसला र १०० कार्टुन स्याम्पु उत्पादन गरी राजश्वलगायत कुनै पनि विल नकाटी निर्यात गर्दै आएको जानकारी दिए । 

‘पक्राउ कम्पनीले एक कार्टुुन मसलाको रु १० हजार र एक कार्टुन स्याम्पुको रु एक हजारसम्ममा बजारमा बिक्री वितरण गर्ने गरेको अनुुसन्धानमा खुल्न आएको छ’, उनले भने । 

प्रहरीले उक्त उद्योगबाट ४४ कार्टुुन मसला, ११ बोरा मसलाको कच्चा पदार्थ, मसला प्याक गर्ने प्लाष्ट्रिक ११ वण्डल, तयारी स्याम्पुु ३७० बाकस, स्याम्पुुको कच्चा पदार्थ दुुई बाल्टिन, खाली ड्रम २० थान र ठूलो मेसिन तीन थान बरामद गरेको छ । 

रु ५० लाख अधिकृत पूँजी बराबरको कम्पनी खोलेको र वार्षिक दुुई करोड बराबरको कारोबार गर्ने गरेको अनुुसन्धानमा खुलेको छ । पक्राउ विडारीलाई कालोबजारी, कपी राइट तथा राजश्व छली सम्बन्धमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप