शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकताबाट कसैले दायाँ–वायाँ गर्न सक्ने अवस्था छैन : प्रचण्ड

बुधबार, २८ कात्तिक २०७५, २० : १५
बुधबार, २८ कात्तिक २०७५

म्याग्दी– पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई  राजनीतिक स्थायित्मार्फत विकास र समृद्दि दिनका लागि दुई ठुला कम्युनिष्ट पार्टीबीच एकता भएको बताएका छन् । बुधबार म्याग्दीको तीन दिने भ्रमण पुरा गरी काठमाडौं फर्किनुअघि प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब सरकारको काम जनअपेक्षाअनुसार अघि बढ्ने समेत ठोकुवा गरे । उनले सरकारको काम र पार्टी एकताको गति अब सुस्त नहुने दाबी गर्दै पार्टी एकताको कामलाई सम्पन्न गर्नेगरी गृहकार्य भैरहेको समेत बताए ।

उनले भने, ‘एकताको काममा केही ढिला भएकै हो, तर कोहीले पनि दायाँ–वायाँ गर्न सक्ने अवस्था छैन । एकताको कामलाई सम्पन्न गर्ने गरी गृहकार्य भैरहेको छ ।’ अध्यक्ष प्रचण्डले सरकारको गतिलाई तिब्रता दिन प्रधानमन्त्रीले अनुगमन समेत थाल्नुभएको बताए । 

अध्यक्ष प्रचण्ड परिवारका सदस्य र  गृहमन्त्री रामबहादुर थापा बादलसहित म्याग्दीको तीनदिने भ्रमणमा गएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप