मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा एक प्रहरी जवान पक्राउ

बुधबार, २८ कात्तिक २०७५, १९ : ४७
बुधबार, २८ कात्तिक २०७५

दाङ– थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक प्रहरी जवानलाई पक्राउ गरेको छ । 

प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम शाहीले जानकारी दिएका छन् । प्रहरीको गाडीबाट आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर इप्रका ल्याउँदै गर्दा रानी जरुवाका १९ वर्षीय थुनुवा विष्णु बुढाथोकी हाम फालेर फरार भएका थिए ।

थुनुवालाई भगाउन शेरबहादुरले सघाएको प्रमुख शाहीले बताए । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप