बागलुङका जनप्रतिनिधिले भेटे उद्यमी चन्द्र ढकाललाई
काठमाडौं– बाग्लुङबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको एक टोलीले बुधबार उद्यमी चन्द्र ढकाललाई भेटेका छन् । बाग्लुङबाट प्रतिनिधित्व गर्ने सांसद र बाग्लुङ नगरपालिका वडा नं. १२ का वडाध्यक्षसहितको एउटा टोलीले उद्यमी ढकाललाई भेटेर स्थानीय विद्यालय निर्माणमा योगदान दिएको भन्दै धन्यवाद समेत दिएको हो ।
जिल्लाको अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालय निर्माणमा योगदान दिएकाले उद्यमी ढकाललाई जनप्रतिनिधि र वडावासीले धन्यवाद दिएका हुन् । उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालले ५ करोड रुपैयाँ खर्चेर सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेका छन् । विकासका अन्य सम्भावनाबारे छलफल गर्न बाग्लुङका जनप्रतिनिधिसहितको टोली ढकाल निवास पुगेको थियो ।
राष्ट्रियससभामा नेकपाका नेता दीनानाथ शर्मा, सांसद डा. सूर्य पाठक, देवेन्द्र पौडेल, तथा बाग्लुङ नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष गुरुदत्त पाठक, नेकपाका नेता कृष्ण पाठक, जनमोर्चाका नेता कृष्ण अधिकारी, नेपाली कांग्रेसका नेता कोपिलमणि शर्मा लगायतको टोली ढकाल निवास पुगेको थियो ।
वडाअध्यक्ष पाठकले पृथ्वी माध्यमिक विद्यालयको नाम पृथ्वी हिरण्य माध्यमिक विद्यालय बनाइएको पत्र ढकालकी आमालाई बुझाएका थिए । नगरपरिषद्को निर्णयअनुसार स्कुलको नाम पृथ्वीमाध्यमिक विद्यालयबाट पृथ्वी हिरण्य माध्यमिक विद्यालय बनाइएको थियो ।
भेटमा बाग्लुङको समग्र विकास निर्माणबारे ढकाल परिवारसँग छलफल समेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान