शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्रीको निवाससँग जोडिएर आएको समाचारबारे बोल्यो ३ नम्बर प्रदेश कार्यालय

बुधबार, २८ कात्तिक २०७५, १८ : २९
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं– मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवाससँग जोडिएर आएको समाचारको ३ नम्बर प्रदेश कार्यालयले खण्डन गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको निजी सचिवालयले सो समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

बुधबार ३ नम्बर प्रदेशका मुख्यमन्त्रीको शंकाष्पद निवास शीर्षकमा एक राष्ट्रिय दैनिकले समाचार प्रकाशित गरेको थियो । मुख्यमन्त्रीका निजि सचिव बद्रि पाठकद्वारा हस्ताक्षित विज्ञप्तिमा  संघीय राजधानी काठमाडौँको भैसेपाटीमा शहरी विकास मन्त्रालयको स्वामित्वमा रहेको माननीय मुख्यमन्त्रीको सरकारी आवास भवनको रुपमा प्रयोग भएको आवासको रंगरोगन र सजावट अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा भएको भन्ने समाचार आधारहीन र कपोकल्पित भएको जनाएको छ ।  

घरको मर्मत, विद्युत वाइरिङ्ग, शौचालयका सेनेटरी समान र रंगरोगनका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरमार्फत खर्च भएको तथा आवासको लागि फर्निचर लगायतको सामाग्रीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट खर्च भएको भनी जानकारी गराइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप