रणवीर र दीपिका अब श्रीमान–श्रीमती !
एजेन्सी । बलिउडका चर्चित स्टार जोडि दीपिका पादुकोण र रणवीर सिंह अन्तत विवाह बन्धनमा बाँधिएका छन् । आज इटालीको कोमो ताल छेउमा भएको एक समारोहमा उनीहरुको विवाह सम्पन्न भएको हो ।
विवाहमा दुलाहा दुलहीले आमन्त्रीत गरेका केही चुनिएका आफन्तजन र मित्रहरु सहभागी थिए ।
यो सुन्दर जोडीले कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा लगनगाँठो बाँधेका हुन् । विवाहको बाँकी विधि अथवा विवाहस्थलको तस्विर वा जानकारी बाहिर ल्याउन अत्यन्त गोप्यता अपनाएको यो जोडीले अहिले विवाह सम्पन्न भएको जानकारी भने तत्कालै बाहिर ल्याएको छ ।
यो सुन्दर जोडीको अन्तिम तस्वीर यी दुई इटाली प्रस्थान गर्दै गर्दाको मात्र देखिएको थियो । उक्त तस्विरमा उनीहरु दुवै जना सेतो पहिरनमा देखिन्छन् । त्यसयता उनीहरुको एउटा पनि तस्विर बाहिर आएको छैन ।
यहाँसम्मकी विवाहस्थलमा आफ्नो श्रीमानसँग खिचिएको गायिका हर्षद्विप कौरको तस्विर पछि डिलिट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह