बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१ लाख ४० हजार घुससहित पक्राउ परेका बौद्धका डीएसपीविरुद्ध मुद्दा दायर

बुधबार, २८ कात्तिक २०७५, १६ : ०५
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं– एक लाख ४० हजार घुससहित पक्राउ परेका महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी श्यामकुमार राई विरुद्ध अाज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 


 राईले सोनी कम्पनीको टीभी खरिद गरी ल्याइदिन भन्दै व्यवसायीसँग जिन्सी घुस मागेका थिए । 

तर,  पछि टिभी खरिद गरे बापतको बिलको भुक्तानी दिनको लागि सेवाग्राहीलाई पटक–पटक फोन गरी उनले घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले पक्राउ  गरेको थियो । 

अनुसन्धानका क्रममा उनले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले  बिगो १ लाख ४०  हजार  कायम गरी जरिवाना र कैद सजाय मागदाबी सहित  मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप