हस्तकला व्यापार मेलामा जे देखियो... (फोटोफिचर)
काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ सुरु भएको छ । १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारबाट काठमाडौंमा सुरु भएको हो । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
त्यस अवसरमा उनले हस्तकला मेलाका लागि आवश्यक प्रर्दशनी स्थल निर्माण गर्ने घोषणा पनि गरे ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विश्वमा नेपालको परिचय दिलाउन सफल हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताइन् । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पनि हस्तकला क्षेत्रले उल्लेख्य योगदान दिएको उनको भनाई थियो ।
५ दिनसम्म चल्ने मेलामा करिव १ सय ७० वटा स्टल रहका छन् । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुको करिव २० वटा स्टल पनि रहेको मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिए ।
मेलामा उत्कृष्ट हुने स्टकलाई ५० हजार नगदसहित पुरस्कारको व्यवस्था पनि गरिएको छ ।
काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मेलामा मुख्य आकर्षणमा रुपमा राखिएका छन् ।
मेलामा करिव १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ ।
नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अरव बराबरको खरिद विक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तराष्ट्रिय बजारमा पनि निर्यात् हुने गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल