शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा झिनो अंकको वृद्धि

बुधबार, २८ कात्तिक २०७५, १५ : २७
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं–बुधबार सेयर बजार झिनो अंकले बृद्धि भएको छ । बजार ०.९८ अंकले बढेर १२ सय ८.५६ बिन्दुमा पुगेको छ । 

समग्रमा बजार ०.८ प्रतिशतले बढेको हो । यसदिन १४४ कम्पनी कारोबारमा आएका थिए । 

१७ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 बैंकिङ समुह, विकास बैंक र निर्जिवन बिमा समुहतर्फ बढेको छ । बैंकिङ समुह २.७८ अंकले बढ्दा विकास बैंकतर्फ ३.५ अंकको बृद्धि छ । निर्जिबन बिमातर्फ भने ३३.३९ अंकले बढेको छ । 

बाँकी रहेका होटल समुह, जलविद्युत समुह, फाइनान्स कम्पनी, माइक्रोफाइनान्स, जीवन बिमा र अन्य समुहमा भने गिरावट आएको छ । 

आज सबैभन्दा बढी प्रभु बैंकको ३ करोड ८ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने दोस्रो बढी कारोबार हुनेमा कुमारी बैंक रहेको छ । यसको १ करोड ६ लाख ७५ हजार ४ सय ८१ रुपैयाँ बराबरको सेयर कारोबार भयो । 

बजार घट्दा पनि सबैभन्दा बढी युनाइटेड इन्सुरेन्स, समता माइक्रोफाइनान्स, सिद्धार्थ इक्विटी फण्ड लगायतले कमाएका छन भने एभरेष्ट इन्सुरेन्स, माहुली सामुदायिक लघुवित्त, नेपाल लाइफ इन्सुरेन्सको संस्थापकले सबैभन्दा बढी गुमाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप