बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त राखेपका उपाध्यक्ष तिमिल्सिनाले लिए सपथ

बुधबार, २८ कात्तिक २०७५, १५ : १६
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं– नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । सिंहदरबारमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नवनियुक्त उपाध्यक्ष तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

सपथग्रहण पछि आयोजित समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष तिमिल्सिनाले आफ्नो अनुभव र लगावलाई खेलकुद क्षेत्रको विकासमा लगाउने प्रतिबद्धता व्यक्त गरे ।  मुलुकको खेल र खेलाडीहरुको हितमा समर्पित हुने नवनियुक्त उपाध्यक्ष तिमिल्सिनाको भनाई छ । उनले खेलकुद क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिने योजना पनि सुनाए ।

तिमिल्सिना यसअघि पनि परिषदको उपाध्यक्ष भएका थिए । समारोहमा परिषदका नवनियुक्त सदस्यद्धय राजेश गुरुङ र इन्दिरा निरौलाले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्री विश्वकर्माले गुरुङ र निरौंलालाई पनि पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सपथ ग्रहण समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप