मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१६० नटआउट

बुधबार, २८ कात्तिक २०७५, १४ : ०६
बुधबार, २८ कात्तिक २०७५

एजेन्सी । लियोनेल मेस्सीले मंगलबार आफ्नो पाँच पिचीची आवर्डसँग तस्विर खिचाएका छन् । योसँगै उनले आफ्नो व्यक्तिगत अवार्डको संख्या १६० पुर्याएका छन् ।

सोमबार मात्र ३१ वर्षीय खेलाडीले अल्फ्रेडो डि स्टेफानो ट्रफी र पिचीची अवार्ड हात पारे ।

बार्सिलोनाको युवा टोलीबाट सिनियर टोलीमा प्रवेश गरे यता मेस्सीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

अब आफ्नो करियरको अन्त्यसम्म यो संख्या २ सय पुर्याउने उनको लक्ष्य हुनुपर्छ ।

उत्कृष्ट बन्नका लागि युभेन्टसका क्रिस्टियानो रोनाल्डोसँगको कडा प्रतिस्पर्धाले उनको फर्म कहिल्यै खस्कने भने हरेक वर्ष उनको व्यक्तिगत उपाधिहरु थपिँदै गए ।

मात्र १८ वर्षको उमेरमा अर्जेन्टिनी खेलाडीले सन् २००५ मा आफ्नो पहिलो व्यक्तिगत उपाधि जितेका थिए ।

हल्याण्डमा आयोजित फिफा वर्ल्ड युथ च्याम्पियन्सीपमा सबैको ध्यान आकर्षित गरेका उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा गोल्डन बल जिते ।

योसँगै उनले अर्जेन्टिनामा पहिलो ओलम्पिया डे प्लाटा ट्रफी – वर्षको उत्कृष्ट अर्जेन्टिनी फुटबलर जिते । यो उपाधि उनले ११ पटक जितिसकेका छन् ।

फ्रांक राइकार्डको नेतृत्वमा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका मेस्सी केही समयमा क्याम्प नाउमा लोकप्रिय बने ।

सन् २००६, २००७ र २००८ मा उनले थप १९ उपाधि हात पारे ।

ला लिगाको उत्कृष्ट ल्याटिन अमेरिकी खेलाडीलाई दिइने द ट्रोफेओ ईएफई उपाधि २० वर्ष उमेरमा नै हात पारिसकेका थिए ।

सकर म्यागजिनमा उनी लगातार तीन पटक विश्वकै उत्कृष्ट खेलाडी जिते ।

पछिल्लो ११ वर्षमा उनी हरेक वर्ष फिफा फिफप्रो विश्व ११ मा समावेश भएका छन् ।

सबै फुटबलरको लक्ष्य हुन्छ बालोन डि’ओर जित्ने । तर, उनी एक्लैले यो उपाधि पाँच पटक जितेका छन् । यो उपलब्धि रोनाल्डोले मात्र बराबरी गरेका छन् ।

सन् २००७ यता काकाले यो उपाधि जितेपश्चात अन्य कुनै खेलाडी यो उपाधिको नजिक पुग्न सकेका छैनन् ।

मेस्सीलाई अहिलेसम्मकै उत्कृष्ट खेलाडी मानिन्छ तर आश्चर्यजनकरुपमा ला लिगाको प्लेयर अफ द मन्थ मात्र चार पटक जितेका छन् त्यो पनि पछिल्लो ६ महिनामा  ।

यतिमात्र होइन स्पेनमा उनको सफलतालाई विभिन्न संस्थाले पुरस्कृत गरेका छन् ।

गत सिजन मेस्सीले ३६ ला लिगा खेलमा ३४ गोल गरे । सिजनको शुरुवातमा नै घाइते भए पनि उनले सो उपलब्धि पुनः यो सिजन हासिल गर्ने अपेक्षा गरिएको छ ।

गोल्डन बुट उनको लागि कुनै नौलो होइन ।

च्याम्पियन्स लिगमा पनि सन् २०११ को वेम्बली फाइनलपछि उनले दुई व्यक्तिगत उपाधि हासिल गरे ।

मेस्सीले जितेका उपाधिहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप